Home जनस्वास्थ्य म:म खानु शरीरका लागि खतरनाक

म:म खानु शरीरका लागि खतरनाक [ भेटियो यस्तो रोग ]

166
0

काठमाडौं – नेपालीहरुले पैसा, स्वाद र सन्तुष्टिका हिसावले कुनै एक उत्कृष्ट खाजाको नाम लिन लगाए उनिहरुको मुखबाट म.म. आउने गरेको छ । बजारमा पाइने धेरै प्रकारका परिकारहरु मैदाबाट बनेको पाउँछौं मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर हुँदैन । मैदालाई सेतो तथा चमकदार बनाउन बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि हानिकार हुन्छ । मैदा खाँदा शरीरमा सुगरको मात्रा बढ्छ, किन कि यसमा हाइ ग्लाइसेमिक इन्डेक्स हुन्छ ।। डाक्टरहरुका अनुसार त्यस्ता परिकारहरु खाँदा अनावश्यक तौल बढ्ने हुन्छ । म:म: होस् वा अन्य मैदाबाट बनेको खानेकुराको साइड इफेक्ट हुन्छ ।साथै हड्डी पनि खिइन्छ।दैनिक मैदाबाट बनेको मम खानु शरीरका लागि खतरनाक हुन्छ ।

म.म. रहर मात्रै नभएर बाध्याताको खाना जस्तै बनेको छ । पहिले सिमित ठाँउमा म.म. पसलहरु हुने भएतापनि अहिले चोकचोक र गल्ली गल्लीमा म.म. पसल खुलेका छन। अझै रत्नपार्क, गोंगबु, चावहिल, सोह्रखुट्टे लगायतमा त २४ सै घण्टा म.म. बेच्ने ठेला चल्छन । छिटो खान सकिने, खाना का लागी साथी नचाहिने (वान कोर्स मिल) स्वादिलो, आडिलो, (होल मिल, अर्थात दालभातकै काम गर्ने) भएकै कारण म.म. सबैको प्रिय खाजा बनेको म.म. पारखीहरु बताउँछन् ।ब्लड सुगर बढ्दा रगतमा ग्लुकोज जम्ने गर्छ । जसले गर्दा शरीरमा केमिकल रियाक्सन हुन्छ । यसले मुटु सम्बन्धि रोग लाग्ने गर्छ । ममको अत्याधिक सेवनले कब्जियतको समस्या हुन्छ । यसले टाउको दुख्नेलगायतका समस्या निम्त्याउँछ । जुन मानिस नियमित रुपमा मैदाबाट बनेको मम वा अन्य खाने कुरा खान्छ उसको रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ ।

मैदाको सेवनले स्वास्थ्यमा ल्याउने समस्या
प्रतिरोधात्मक क्षमता कम गर्छ । मैदाबाट बनेका खानेकुराको सेवनले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । शरीरमा रोग लाग्ने सम्भावना बढेर जान्छ । मैदाबाट बनेका परिकारको सेवनले बारम्बार रोग लाग्न सक्छ । मुटु रोग र बाथ रोग बढाउँछ । मैदाबाट बनेका खानेकुराको सेवनले रगतमा ब्लड सुगर को मात्रा बढ्न थाल्छ, जसले गर्दा रगतमा ग्लुकोज जम्मा हुनथाल्छ । त्यसका कारण रसायन प्रतिक्रिया उत्पन्न भई बाथ र मुटु रोगको जोखिम बढ्छ ।

मैदाले स्वास्थ्यमा पुर्‍याउने असर

मैदा अर्थात् रिफाइन्ड आँटा स्वास्थ्यका दृष्टिकोणले खानयोग्य मानिँदैन।यदि तपाईं पनि दैनिक रुपमा मैदाबाट बनेका खानेकुरा सेवन गर्नुहुन्छ भने बुझ्नु होस्, तपाईं रोगलाई निमन्त्रणा गर्दै हुनुहुन्छ । किनकि, मैदाको सेवनले शरीरमा विभिन्न प्रकारका असर पुर्‍याउने गर्छ, जुन समयको उत्तरार्द्धमा शरीरमा देखा पर्न थाल्छ ।मैदाको प्रयोग विशेषगरी समोसा, कचौरी, मःम, चाउमिन बनाउन प्रयोग गरिन्छ । यी मैदा गहुँको पिठोझैं आटाबाटै बन्ने गर्छ । त्यस का लागि सबैभन्दा पहिले गहुँलाई राम्ररी सफा गरिन्छ र यसको माथिल्लो भागलाई पूर्ण तरिकाले हटाइन्छ ।त्यसपछि उक्त पिठोलाई बेन्जोल पेरोक्साइड द्वारा ब्लिच गरिन्छ, जसले गर्दा पिठोको रङ पूरै सेतो हुन्छ । त्यसपछि यसलाई पिसेर पूरै मसिनो बनाइन्छ ।

पेटका लागि हानिकारक हुन्छ । पेटमा हानी पुर्‍याउने खानेकुरामा मैदा सबैभन्दा अग्रपंक्तिमा आउँछ । यसमा फाइबर रत्तिभर पनि नहुने हुँदा कब्जियतको समस्या निम्त्याउँछ ।मधुमेहको समस्या ल्याउँछ । मैदाको सेवनले रगतमा ब्लड सुगरको मात्रा तुरुन्तै बढ्ने गर्छ । यसमा ग्लाइसेमिक इन्डेक्स अधिक हुने गर्छ, जसले गर्दा मधुमेहको खतरा बढ्छ । तपाईं पनि मधुमेहबाट बच्न चाहनुहुन्छ भने मैदाको प्रयोग सकेसम्म कम गर्नु नै फाइदाजनक छ ।

मोटोपना बढाउँछ । मैदाबाट बनेका खानेकुराको अधिक सेवनले तौल बढ्ने समस्या अधिक हुन्छ । मैदाको अधिक प्रयोगले रगतमा कोलेस्टेरोल बढ्नुुका साथै ट्राइग्लिसराइडको तह पनि उच्च हुन्छ । हड्डी कमजोर बनाउँछ । मैदा बनाउँदा प्रोटिन पूर्ण नष्ट हुँदा मैदा एसिडिक बन्न पुग्छ । त्यसले हड्डीमा भएको क्याल्सियम सोस्छ र हड्डीलाई कमजोर बनाउँछ ।मैदामा अधिक मात्रामा ग्लुटन पाइन्छ, जसले मैदालाई लचिलो बनाउँछ । जबकि, कैयौं मानिस लाई ग्लुटनका कारण फुड एलर्जीको समस्या हुने गर्छ । जबकि, यसको ठीकविपरीत गहुँमा प्रोटिन र फाइबर ज्यादा मात्रामा पाइन्छ ।

मम वा मैदाबाट बनेका खानेकुरा खाँदा हुने नकारात्मक असरहरु :

म:म बनाउन मैदाको प्रयोग गरिन्छ । मैदाबाट बनेको म:म दैनिक खानु शरीरका लागि खतरनाक हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । हिजोआज हरेक गाउँदेखि सहरका गल्लीमा सहजै उपलब्ध हुने मम स्वास्थ्यका लागि हानिकारक हुन्छ । मम होस् वा अन्य मैदाबाट बनेको अन्य खानेकुराको साइड इफेक्ट हुन्छ । १. मैदा खाँदा शरीरमा सुगरको मात्रा बढ्छ, किन कि यसमा हाइ ग्लाइसेमिक इन्डेक्स हुन्छ ।२. ब्लड सुगर बढ्दा रगतमा ग्लुकोज जम्ने गर्छ । जसले गर्दा शरीरमा केमिकल रियाक्सन हुन्छ । यसले मुटु सम्बन्धि रोग लाग्ने गर्छ ।३. ममको अत्याधिक सेवनले कब्जियतको समस्या हुन्छ ।

म:म दैनिक खानु शरीरका लागि खतरनाक
यसले टाउको दुख्नेलगायतका समस्या निम्त्याउँछ ।४. जुन मानिस नियमित रुपमा मैदाबाट बनेको मम वा अन्य खानेकुरा खान्छ उसको रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ ।५. मैदा बनाउँदा निकालिएको प्रोटिनका कारण मैदामा एसिडको मात्रा बढी हुन्छ । जसले गर्दा शरीरका हड्डी कमजोर हुन्छन् । मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर हुँदैन । मैदालाई सेतो तथा चमकदार बनाउन बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ , जुन स्वास्थ्यका लागि हानिकार हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here