Home समाचार आज देखि यी रुटमा चल्नेछन् साझाका नयाँ सिटी बस

आज देखि यी रुटमा चल्नेछन् साझाका नयाँ सिटी बस

112
0

असार १६ गते देखि साझाका २० सिटी बस सञ्चालनमा आउने भएका छन्। साझाले यी बसहरुको रुटसमेत पाइसकेको प्रवन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए।

साझाका नयाँ २० बस मध्ये ६ वटा बस नयाँबसपार्क– बालाजुचोक–बनस्थिली–स्वयम्भु–कलंकी–त्रिपुरेश्वर–रत्नपार्क–नयाबानेश्वर–कोटेश्वर–जडिबुटी–पेपसीकोला–पुरानोठिमी–भक्तपुरव्यासी–कमल विनायक –च्यामासिङ–जगाते हुदै सुर्यविनायक पुगेर सोही रुट फर्कनेछ।

त्यसैगरी अर्को ८ ओटा बस नयाबसपार्क–बसुन्धारा–नारायणगोपाल चोक–चण्डोल–सुकेधारा–चाबेल–गौसाला–एयपोर्ट सिनामंगल– नायाबानेश्वर–थापाथली–कुपण्डोल–जावलाखेल–लगनखेल हुदै सोहीबाटो फर्किनेछ।त्यस्तै अर्को ६ वटा बस नयाँबसपार्क– बालाजुचोक–बनस्थिली–स्वयम्भु–कलंकी–त्रिपुरेश्वर–रत्नपार्क–नयाबानेश्वर–कोटेश्वर–जडिबुटी–कौशलटार–राधेराधे –कटुङ्जे चोक–सुर्यविनायक च्यामासिङ–कमल विनायक हुदै सोही रुटहुदै फर्कनेछ।

यी २० बससँगै साझाको बस संख्या ७१ पुगेको छ। हाल साझाका ६ वटा बसले राजधानी बाहिर सेवा दिइरहेका छन्। साझाले उपत्यका बाहिर काठमाडौं– बागलुङ र काठमाडौ–भैरहवामा मा २÷२ वटा बस संचालन गरिरहेको छ।

साझाले कार्डमार्फत भुक्तानी हुने व्यवस्था समेत गरेको छ। कार्ड सिस्टमको व्यवस्थाले पारदर्शिता समेत बढ्ने साझाको विश्वास छ।युरो ४ मापदण्डका यी गाडी ४० भन्दा धेरै सिट क्षमताका छन्। यी बसमा अहिलेको जस्तै एलइडी टिभी, सिसी क्यामरा, समाउन मिल्ने ह्याङ्गर लगायतका सुविधा छन्।

यस अघि भक्तपुरमा चल्दै आएको ७ ओटा बसले नयाँ रुट पाएको छ। यी बसहरु त्रिभुवनपार्क–नैकाप–कलंकी–बल्खु–धोविघाट–एकान्तकुना–महालक्ष्मिीचोक–सातदोबाटो–लगनखेल–पाटन हस्पिटल हुदै सोही बाटो फर्किनेछ। त्यसैगरी अन्य पुराना दुई बसलाई लगनखेल–रत्नपार्क हुँदै दक्षिणकालीन जाने र सोही रुट हुँदै फर्किने व्यवस्था मिलाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here