Home समाचार फ्लुका कारण २ सय २० भन्दा बढीको मृत्यु !!

फ्लुका कारण २ सय २० भन्दा बढीको मृत्यु !!

49
0

अस्ट्रेलिया —यस वर्ष फ्लुका कारण २ सय २० जनाभन्दा बढीको मृत्यु भएको छ । अस्ट्रेलियाका सबै राज्यहरुमा अहिलेसम्म २ सय २८ जनाले फ्लुका कारण ज्यान गुमाइसकेका छन् भने यो संख्या अझ बढ्न सक्ने विज्ञहरुले बताएका छन् ।१ लाख बढी व्यक्तिहरु संक्रमित बनेका छन् ।

मृत्यु हुनेहरुको संख्या गत वर्षको भन्दा धेरै रहेको र हरेक साता यो संख्या बढिरहेको राज्य तथाटेरिटोरीका सरकारले सार्वजनिक तथ्यांकमा रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अस्ट्रेलिया फ्लुका कारण हरेक वर्ष पीडित हुदैँ आएको छ ।

सिड्नी राजधानी रहेको न्यु साउथ वेल्स राज्यमा मात्र ५७ जनाले फ्लुकै कारण ज्यान गुमाइसकेका छन् ।तथ्यांकअनुसार जनसंख्याको आधारमा पहिलो ठूलो राज्य न्यु साउथ वेल्समा अहिलेसम्म ५७ जनाले फ्लुकै कारण ज्यान गुमाइसकेका छन् भने करिब २७ हजार यसबाट पीडित छन् । अस्ट्रेलियामा रहेका ६ राज्यहरु तथा दुइ वटा टेरिटोरीमा यस वर्ष अहिलेसम्मकै फ्लुको प्रकोप फैलिएको बताइएको छ ।

अस्ट्रेलियामा फ्लुका कारण देखिने समस्याबाट गत वर्षहरुभन्दा धेरै संख्यामा बिरामी अस्पतालको आपतकालीन सेवामा भर्ना भएका छन् ।‘मुख्य गरेर वृद्धवृद्धाहरु पीडित बनेका छन् भने यसबाट बच्नका लागि भ्याक्सिन अत्यन्तै उपयोगी हुने गरेको छ’ न्यु साउथ वेल्सकी स्वास्थ्य निर्देशक डा. भिक्की सेफर्डले भनेकी छिन् । उनले एक सातामा मात्र फ्लुको कारण विभिन्न १२ समस्या देखिएको बताइन् ।

यसैगरी फ्लुकै कारण भिक्टोरियामा ४८ जनाको मृत्यु भइसकेको छ भने २२ हजार बढी पीडित बनेका छन् । फ्लुका कारण दक्षिण अस्ट्रेलिया र क्युन्सल्यान्डमा १८ हजार ५ सय बढी सर्वसाधारण पीडित छन् ।दक्षिण अस्ट्रेलियामा अहिलेसम्म ४४ जनाले फ्लुका कारण ज्यान गुमाएका छन् भने क्युन्सल्यान्डमा ३८ र पश्चिम अस्ट्रेलियामा ३६ जनाको मृत्यु भएको छ ।यहाँका स्वास्थ्य अधिकारीहरुले इन्फ्लुएन्जा अन्य सामान्य चिसोबाट हुने रुघाखोकीभन्दा फरक रहेको र यो घातक हुने भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन् ।

भिक्टोरियाका कार्यकारी स्वास्थ्य अधिकृत एन्जी बोनले फ्लुबाट बच्नका लागि आवश्यक सामान्य सुरक्षाका उपायहरु अपनाउन आग्रह गरेकी छिन् ।अस्ट्रेलियन मेडिकल एसोसिएसन काउन्सिलका अध्यक्ष डा. रिर्चाड किडले फ्लुका विरुद्ध भ्याक्सिन लगाउने समय रहेको बताए । उनले आउँदो दुई महिना फ्लुको लागि उत्कर्ष समय रहेका भन्दै सर्वसाधारणलाई सचेत गराएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here