Home समाचार बजेटमा पहुँचवाला मन्त्रीको एकलौटी: सुदूरपश्चिम प्रदेश

बजेटमा पहुँचवाला मन्त्रीको एकलौटी: सुदूरपश्चिम प्रदेश

61
0

योजनाको असमान वितरण गर्नुका साथै अर्थ विविध शीर्षकमा अर्बौं बजेट छुट्याएर मनलागी गर्ने बाटो बनाएको भन्दै सांसदले विरोध गरेका छन् ।
असार १५, २०७६अर्जुन शाह, तृप्ति शाही

धनगढी र बैतडी — असन्तुलित एवं अपारदर्शी बजेट ल्याएको भन्दै आक्रोशित प्रमुख प्रतिपक्षी दल कांग्रेस र राजपाले प्रदेशसभा परिसरमै रातो किताब जलाएर लगातार अवरोध गरेपछि दुई सातासम्म प्रदेशसभाको बैठक चल्न सकेको छैन ।

त्यसैमा सत्तारुढ दल नेकपाकै अधिकांश सांसदसमेत आफ्नै सरकारले ल्याएको बजेटप्रति निकै रुष्ट छन् । मन्त्रीहरूले ‘आफ्नो हात जगन्नाथ’ गरेको प्रतिपक्षीको आरोपलाई सत्तारुढ दलकै सांसदको रुष्टताले बल पुगेको छ । पहुँचवाला मन्त्रीले योजनामा असमान वितरण मात्रै गरेनन्, अर्थ विविध शीर्षकमा ६ अर्ब ५१ करोडको राखेर मनचाहिँदो गर्ने बाटो बनाएको भन्दै सांसदले विरोध बढाएका हुन् ।

बजेटमा असमान वितरण
आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहरा र भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले आफ्नैगृहजिल्लामा बजेट खन्याएको देखिएको छ तर सरकारले ल्याएको नीति तथा कार्यक्रममा दार्चुला, बाजुरालगायत विकास सूचकांकमा पछि परेका जिल्लामा विकास योजनालाई प्राथमिकता दिने उल्लेख गरिएको छ ।

२७ योजनामा ११ करोड ५५ लाख, योजना मर्मतमा २ करोड, योजना निर्माणमा ४ करोड, रंगुन नदी नियन्त्रणमा ७ करोड, जिल्लाका नदी नियन्त्रणमा २ करोड र योजना पहिचानमा २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । भौतिक पूर्वाधारमन्त्री बोहराले गृहजिल्ला डडेलधुरामा सिँचाइ योजनाका लागि २६ करोड ८० लाख विनियोजन गरेका छन् ।

‘मन्त्रीहरूले आफ्नो हात जगन्नाथ गरेका छन्,’ सत्तारुढ नेकपाकै सांसद महेशदत्त जोशीले भने, ‘जिल्ला मात्रै होइन, व्यक्तिका अनुहार हेरेर बजेट हालिएको छ ।’डडेलधुरामा सिँचाइ योजनामा करिब २७ करोड छुट्याइँदा दार्चुलामा भने सिँचाइका २३ योजनामा १७ करोड मात्र विनियोजन गरिएको छ ।

डडेलधुरामा सडक पुल निर्माणका १७ योजनामा १५ करोड ७० लाख विनियोजन गरिएको छ ।यस्तै सडक पुलका योजनामा पनि डडेलधुरा अग्रपंक्तिमा छ । १४ योजना सडकका छन् । ती योजनामा ११ करोड ५० लाख बजेट छ । यस्तै पुल निर्माणका ३ वटा योजना छन् । ती योजनामा ४ करोड २० लाख विनियोजन गरिएको छ ।

छुट्याएको देखिएको छ । अछाममा सिँचाइतर्फ २४ योजना छन् । ती योजनामा ११ करोड ६२ लाख विनियोजन गरिएको छ । २४ योजनामध्ये १६ योजनामन्त्री बोहराको निर्वाचन क्षेत्र रहेको मेल्लेख, रामारोशन र बान्नीगढी जयगढमा छन् ।आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले पनि गृहजिल्ला अछाम र त्यसको पनि आफ्नै निर्वाचन क्षेत्रमा बढी बजेट

अछामबाट प्रदेशसभा निर्वाचित नेकपाका सांसद बलबहादुर सोडारीले भने, ‘कुन नियतले यसरी बजेट विनियोजन गरियो, रहस्यको विषय भएको छ ।’मेल्लेखमा ६, रामारोशनमा ७ र बान्नीगढी जयगढमा ३ योजनामा बजेटछुट्याएका छन् । ‘मन्त्रीले मनपरीको सीमा नाघेका छन्,’

उक्त कार्यालयले कार्यान्वयन गर्ने गरी अछाममा ४२ योजनामा बजेट छुट्याइएको छ । सडक तथा पुलका योजनामा पनि असमान वितरण छ । अछाम र बाजुराका लागि सडक र पुलका योजना हेर्न अछामको साँफेबगरमा पूर्वाधार विकास कार्यालय छ । ती योजनाका लागि २० करोड ९९ लाख विनियोजन गरिएको छ । मर्मतसम्भारमा १ करोड र सम्भाव्यता अध्ययन शीर्षकमा ८५ लाख थप गरी अछामको सडक पूर्वाधारमा कुल २२ करोड ८४ लाखछुट्याइएको छ ।

ती योजनाका लागि १३ करोड ७० लाख छ । बाजुरामा रहेको गौरवको सडकका लागि ६ करोड ३१ लाख दिइएको छ ।यता बाजुराका लागि गौरवको योजनाबाहेक १३ वटा मात्र सडक र पुलका योजना छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here