Home समाचार दस दिनमा झण्डै २२ तोला सुन लुटियो

दस दिनमा झण्डै २२ तोला सुन लुटियो

48
0

एकाबिहानै मर्निङ वाकमा निस्कने र त्यसपछि तरकारी किन्न जाने महिलहरूलाई लक्षित गरी सुनको सिक्री लुटपाट गर्ने गरेको पाइएको छ। दाङको घोराही बजार क्षेत्रबाट दस दिनको अवधिमा झण्डै २२ तोला सुन लुटिएको छ।

यसरी निवेदन दिन जानेमध्ये अधिकांश पीडित महिला आफैं छन् भने कतिपयका पति र छोराको सुन लुटपाट भएको भन्दै सुन खोजी गरिदिन निवदेन दिएका छन्।असार ३ देखि १३ गतेसम्मको अवधिमा आफ्नो सुनको सिक्री लुटिएको भन्दै दस जना महिलाले प्रहरीमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय घोराहीका मुद्दा फाँटका प्रहरी निरीक्षक राजन गौतमले सेतोपाटीलाई बताए।

हालसम्म घोराही निवासी शिवा बस्नेतले ४ तोला सुनको सिक्री, मिना खनालले १ तोलाको सिक्री, ज्ञानशोभा श्रेष्ठले १ तोला २ आनाको सिक्री,५ आनाको सिक्री, पवित्रा वलीले १ तोला रञ्जित श्रेष्ठले आफ्नी आमाको लकेटसहितको सिक्री, शोभा डाँगीले १ तोला ७५ आनाको सिक्री, रामबहादुर घर्तीले आफ्नी पत्नीको ३ तोलाको सिक्री, दिपेन्द्रमान श्रेष्ठले आफ्नी पत्नीको ३ तोलाको सिक्री, नन्दीदेवी रोकाले १ तोला ९ आनाको सिक्री र सरिता रावतले आफ्नो ३ तोलाको सिक्री चोरी भएको भन्दै प्रहरीमा निवेदन दिएका छन्।

‘एकाबिहानै त्यहाँ तरकारी किन्न जाने महिलाहरूलाई टार्गेट गरेर लुटेराले लुटपाट गर्ने गरेको भन्ने छ। हामी अनुसन्धानमा लागेका छौं। एकजना बालक पक्राउ परेका छन्। आशा गरौं सिक्री लुटेराको नालीबेली हामी छिट्टै पत्ता लगाउन सक्ने छौं,’ एसपी पाण्डेले भने।उनीहरूले सुनको सिक्री घोराहीस्थित जिल्ला प्रहरी कार्यालय नजिकै रहेको सब्जि मण्डी क्षेत्रबाट लुटपाट भएको कुरा निवेदनमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी बेलबहादुर पाण्डले बताए।

यसैबीच सर्वसाधारणबाट आएको निवेदनका आधारमा सादा पोशाकमा प्रहरी परिचालन गरेर शुक्रबार बिहान एक जना जेष्ठ महिलाको घाँटीबाट सिक्री लुट्दै गर्दा एक बालक पक्राउ परेका छन्।उनले लुटपाटमा अरुको पनि संलग्नताको आशंका व्यक्त गरे।

‘लुटपाटमा परेका सर्वसाधारणको गुनासोको आधारमा लुटेराको गिरोह नै हुन सक्ने वा उनीहरू यसअघि पनि लुटपाट गर्दै आएका प्रोफेसनल लुटेरा हुन सक्ने प्रहरीले आशंका व्यक्त गरेको छ।बच्चालाई प्रयोग गरेर यो लुटपाट भएको हुन सक्छ। बच्चा पक्राउ नपरे राम्रो कमाइ हुने र पक्राउ परे पनि दुई चार थप्पड हानेर छोडिहाल्छन् भन्ने मनस्थितिले काम गरेको गिरोह हुनसक्छ,’ एसपी पाण्डेले भने।‘पक्राउ परेको बच्चाले कुनै कुरा बताउन मानिरहेको छैन,’ एसपी पाण्डेले भने ‘हामी सूक्ष्म अनुसन्धानमा छौं।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here