Home समाचार रोजगार कार्यक्रममा भागबन्डा !!

रोजगार कार्यक्रममा भागबन्डा !!

29
0

काठमाडौँ — असार पहिलो सातासम्म पनि कतिपय योजनामा उपभोक्ता समिति गठन भइरहेछन् ।चालु वर्षकै योजना भद्रगोल छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका योजना भर्खर बन्न थालेका छन् तर स्थानीय तहहरूलाई ती योजना कार्यान्वयनभन्दा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न भ्याइनभ्याइ छ ।

बहुमत नभएका स्थानीय तहमा राजनीतिक दलबाट निर्वाचित प्रतिनिधिबीच भागबन्डाका आधारमा बजेट प्रस्तुत भएका छन् । एउटै दलको बहुमत भएका स्थानीय तहमा अन्य दल र नागरिक स्तरमा जानकारी नै नदिई नीति–कार्यक्रम र बजेट ल्याइएका छन् ।

यसअघि जस्तै आफन्त र कार्यकर्ताको गोजीमा जाने किसिमका कार्यक्रममा धेरैको रुचि देखिएको छ । कतिपयले नयाँ तथा लोकप्रिय कार्यक्रम पनि ल्याएका छन् । दीर्घकालीन विकासका योजना तथा कार्यक्रम नगण्यजस्तै देखिन्छन् ।

‘ केहीले शिक्षालाई आगामी वर्षको बजेटको अग्रभागमा राखेका छन् । गत वर्षकै कार्यक्रमहरूलाई निरन्तरता दिने स्थानीय तह पनि छन् ।कतै उज्यालो गाउँपालिका’ त कतै ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ जस्तै अध्यक्ष रोजगार कार्यक्रम । केहीमा सडकलाई प्राथमिकता ।

तिनै व्यक्तिले आफ्नो स्वार्थका लागि बनाइएका कार्यक्रम र बजेट पास गर्न मात्र सभामा प्रस्तुत गर्ने गरेको उनको गुनासो छ ।साबिक कोटेली गाविसका अगुवा युवा दीपेन्द्र बुढाऐरले भने, ‘गाउँपालिकाको अवधारणाभन्दा पनि केही व्यक्तिको समूहले गाउँपालिका सञ्चालन गरिरहेको नीति तथा कार्यक्रम र बजेट विनियोजनमा देखिएको छ ।’

२ वर्षमा करोडौं खर्च भएर पनि यातायात सञ्चालन हुन सक्ने सम्भावना नभएका सडकमा सबैभन्दा बढी बजेट खर्च गर्ने गरी योजना बनाइएको छ,’ उनले भने, ‘विगतका वर्षभन्दा कार्यकर्ताका घर, आँगन, कुलो, पानी, पँधेरो, मठमन्दिरमा रकम जाने गरी कार्यक्रम बनाइएको छ ।’नवदुर्गा गाउँपालिकाका भोज साउद भन्छन्, ‘जुनजुन कार्यक्रमबाट कानुन छलेर चुहावट गर्न सकिन्छ, त्यस्तालाई मात्र प्राथमिकतामा राखिएको छ ।

गाउँपालिका अध्यक्ष कवीन्द्र विष्ट भने आफ्नो गाउँपालिकाले सडक र स्वास्थ्यलाई प्राथमिकतामा राखेको दाबी गर्छन् । उनले भने, ‘सडकमै सबैभन्दा बढी रकम विनियोजन भएको छ ।’स्वास्थ्य क्षेत्रमा विगत वर्षजस्तै स्वास्थ्य परीक्षणका नाममा जनप्रतिनिधिको गोजीमा जाने गरी नवदुर्गा गाउँपालिकामा ठूलो रकम छुट्याइएको गुनासो छ ।

खानेपानी, सिँचाइ र सडकमा मात्र गाउँपालिकाले यस वर्ष पनि बजेट खन्याएको छ ।अजयमेरु गाउँपालिकाले गाउँपालिका प्रमुखले सिधै रकम वितरण गर्न सक्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको नक्कल गर्दै अध्यक्ष रोजगार कार्यक्रमलाई महत्त्वसाथ अगाडि सारेको छ । तर गाउँपालिकाले गत वर्ष निर्माण गरेका दुईवटा सडकबाहेक कुनैमा पनि अहिलेसम्म यातायात सुचारु हुन सकेको छैन ।

यसअघि त केही कानुनी प्रक्रिया पुर्‍याएर कार्यकर्ताको गोजीमा जाने गरी विकास योजना बनाइएको थियो ।नेकपाको बहुमत रहेको अजयमेरु यसअघि पनि विभिन्न नाममा जथाभाबी विकास बजेट बाँडेर चर्चामा आएको गाउँपालिका हो । स्थानीय रामबहादुर ऐरले भने, ‘अध्यक्ष रोजगार कार्यक्रमजस्ता कार्यकर्तालाई सिधै रकम बाँड्ने गरी कार्यक्रम बनाइएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here