Home राजनीति जनप्रतिनिधि बने सुविधाभोगी

जनप्रतिनिधि बने सुविधाभोगी [ यस्ता छन् सुविधाहरु ]

29
0

काठमाडौँ — सादा जीवनशैली र भूमिहीनका पक्षमा वकालत गरिन् । बर्दियाको बारबर्दिया नगरपालिकाकी उपप्रमुख अञ्जु दहितले सशस्त्र द्वन्द्वका बेला कष्टकर जीवन बिताइन् । आफ्ना नाममा केही सम्पत्ति नभएकी उनले शान्ति स्थापनापछि भने घरघडेरी जोडेकी छन् ।

बारबर्दिया–११, फचकवाकी उनीसँग पुर्ख्यौली ७ कट्ठा जग्गा छ तर बाँकेको कोहलपुरमा सुकुम्बासीका नाममा १० धुर जग्गा प्राप्त गरेकी छन् । त्यसबाहेक कोहलपुरमा दुई तलाको घर किनेकी छन् ।
जनप्रतिनिधि बनेपछि स्कुटरमा हिँड्न थालेकी छन् ।

‘३० जनाको संयुक्त परिवार हुँदा १३ बिघा जमिन थियो, बुबाका तीन भाइ छुट्टै बस्न थालेपछि अंशबन्डा हुँदा मेरो भागमा ७ कट्ठा पर्‍यो,’ उनले भनिन्, ‘कोहलपुरमा अर्धपक्की घर छ । त्यसबाहेक सम्पत्ति जोडेकी छैन ।’ उनका श्रीमान् गोपाल शर्मा रुकुम पश्चिमबाट प्रदेशसभा सदस्य छन् ।

उनले आवश्यकताअनुसार मोटरसाइकल फेरेर प्रयोग गरिरहेको स्विकारे । ‘सामान्य अवस्थामा र पहाड जान परे फरकफरक मोटरसाइकल लैजान्छु,’ उनले भने, ‘आवश्यकताअनुसार मोटरसाइकल चढेको छु ।विगतमा सर्वहाराका पक्षमा राजनीति गरेका नगर र गाउँपालिकाका वडाध्यक्षले समेत वर्षमा दुई/तीनवटा मोटरसाइकल फेर्न भ्याएका छन् । तीमध्येका एक हुन्, बढैयाताल–४ का वडाध्यक्ष कर्णबहादुर थापा । उनी पूर्वमाओवादीबाट वडाध्यक्ष चुनिएका थिए । ’

वडाध्यक्षका लागि मोटरसाइकल किनिएको छ । सर्वहाराको नारा दिएर निर्वाचित भएका जनप्रतिनिधि सुविधाभोगी बन्दै गएका छन् । उनीहरूको पहिलो प्राथमिकता महँगो सवारीसाधन बनेको छ । बर्दियाका सबैजसो नगरपालिका र गाउँपालिकाले गाडी किनेका छन् ।प्रमुख/उपप्रमुखले आधा करोडभन्दा बढी मूल्यका गाडी प्रयोग गरिरहेका छन् ।

दैनिक चार/पाँचवटा मात्र गाडी सञ्चालन हुने रुट भएकाले कहिलेकाहीँ तीन घण्टा हिँडेर घर पुग्थे ।दाङको बबई गाउँपालिकाका पूर्वएमाले नेता भुवनेश्वर पौडेललाई तुलसीपुर बजार आउँदा सार्वजनिक गाडीमा एक घण्टा उभिएर यात्रा गर्नुपर्थ्यो । हिजो सार्वजनिक गाडीमा उनको अवस्था देख्ने कार्यकर्ता परिवर्तन देखेर अचम्म मान्छन् ।भीडका कारण हैरान हुन्थे ।हिजो पैदल हिँड्ने नेता अहिले गाडीमै हुइँकिन्छन् । भेट्न गाह्रो हुन्छ । घर पुग्दा झमक्क रात पर्थ्यो । गाउँपालिका अध्यक्ष निर्वाचित भएलगत्तै उनको जीवनशैली फेरिएको छ । अहिले आफ्नै गाडी छ । जहाँ जाँदा पनि स्कार्पियोमा सरर हुइँकिन्छन् ।

पहिले सधैं बस चढेर काठमाडौं जान्थे, अहिले व्यक्तिगत गाडी वा हवाईमार्ग प्रयोग गर्छन् ।दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीको पनि दैनिकी उस्तै छ । उनी पनि पूर्वएमालेकै नेता हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here