Home समाचार प्रधानमन्त्रीको अपिल; कृषिलाई व्यवसायिक र औद्योगिक बनाउन

प्रधानमन्त्रीको अपिल; कृषिलाई व्यवसायिक र औद्योगिक बनाउन

23
0

काठमाडौ ।आज राष्ट्रिय धान दिवसको अवसरमा सम्पूर्ण किसानहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले निर्वाहमुखीबाट व्यवसायिक र औद्योगिक बनाउन सरकार तत्पर रहेको भन्दै सहयोगका लागि अपिल गर्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई व्यवसायिक र औद्योगिक बनाउन आम नागरिकमा अपिल गर्नुभएको छ ।

उहाँले कृषिलाई आधुनिकीकरण गर्ने सरकारको कार्यक्रम छ, यसलाई सफल पारी उत्पादन र उत्पादकत्व बढाऔँ, ट्विटमार्फत दिएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । कृषि उत्पादन र उत्पादकत्व बढाउन आवश्यक रहेको धारणा राख्नुभएको छ । कृषिलाई निर्वाहमुखीबाट व्यवसायिक र औद्योगिक बनाऔं।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ।मानो रोपेर मुरी उब्जाउने महिनाको सुरुवात अर्थात् असार १५ गतेका दिन, आज नेपालभर धान दिवस अर्थात रोपाइँ यात्रा मनाइँदै छ। कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती छ। किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन्। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।

खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही(चिउरा खाई असार १५ मनाउँछन्। मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। यसबेला दही–चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही–चिउरा खाने पर्वका रुपमा पनि लिइन्छ। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही–चिउरा खान्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here