Home समाचार कक्षा १२ को नतिजा आज सार्वजनिक

कक्षा १२ को नतिजा आज सार्वजनिक

248
0

काठमाडौं, साउन १३

हामीले पाएको जानकारी अनुसार कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सोमबार बेलुकी ५ बजे बोर्ड बैठकसमेत बोलाइसकेको छ । पहिला पनि बैठक SEE को नतिजा बैठक सकिने बितीकै भएको थियो । बोर्डका अनुसार आइतबार परीक्षार्थीको सम्पूर्ण नतिजा रुजु गरेर कम्प्युटरमा इन्ट्री गरिसकिएको छ। आइतबार रुजु गर्ने क्रममा कुनै समस्या नदेखिएकोले आज सोमबार नतिजा प्रकाशन गर्न लागिएको जानकारी भएको छ।

बोर्डले सबै विषयको परीक्षाफल एकै पटक सार्वजनिक गर्दैछ । अघिल्लो वर्षदेखि सबै विषयको नतिजा एकै पटक सार्वजनिक गर्न सुरु गरेको हो ।गत वैशाखमा सम्पन्न परीक्षामा मुलुक भर बाट चार लाख परीक्षार्थी थिए। बोर्डले विगतमा विज्ञान विषयको नतिजा सुरुमा र केही समयपछि मात्र अन्य विषयको नतिजा प्रकाशन गर्दै आएको जनाइएको छ। यस पटक भने एकै पटक नतिजा प्रकाशन गर्न लागेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here