Home राजनीति प्रधानमन्त्री ; “दशैंपछि सरकारको आलोचना गर्ने ठाउँ नै हुँदैन”

प्रधानमन्त्री ; “दशैंपछि सरकारको आलोचना गर्ने ठाउँ नै हुँदैन”

129
0

ए। कामका बारेमा भन्‍न नपाउँदा आलोचना भइरहेको भन्दै उनले दशैंसम्ममा आलोचना गर्ने ठाउँ नै बाँकी नरहने दाबी गरे।प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंसम्ममा सरकारमाथिको आलोचना समाप्त हुने बताएका छन्। सरकार काममा व्यस्त भएका कारण जनतालाई जानकारी गराउन नपाएकाे उनले बताय

हजार किलोमिटरभन्दा बढी सडक स्तरोन्‍नति भएको उनले जानकारी दिए। सरकारले द्रुत गतिमा काम गरिरहेको दाबी गर्दै उनले थपे, ‘गएको वर्ष र अहिले दाँजेर हेर्नुहोस्।’ ‘म प्रधानमन्त्री हुँदा काठमाडौंमा आधा जनसंख्या मास्क लाएर हिँड्थ्यो, अहिले मास्क लाउने नै देखिन्‍नन्,’ राजधानीमा शनिबार मदन भण्डारीको स्मृतिमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने।

‘मेरो भनाइ पत्याउनुस् भनेर म भन्दिन,’ प्रधानमन्त्रीले ओलीले विकासको गति तीव्र भएको आश्वास्त पार्दै भने, ‘मेरो भनाइ जाँचेर हेर्नुहोस्। के भयो व्यवहारमा हेर्नुहोस।’प्रधानमन्त्री ओलीले एक वर्षमा मुलुकभर ४ सय झोलुङ्गे पुल बनेको र इतिहासमै सबैभन्दा बढी विद्युत राष्ट्रिय प्रशारण लाइनमा थपिएको दाबी पनि गरे।

उनले थुप्रै रोजगारी सिर्जना गरेको र ज्येष्ठ नागरिकको नि:शुल्क बिमा तथा सामाजिक सुरक्षा भत्ता बढ्नु ठूलो उपलब्धिक रुपमा चित्रण गरे।

‘गत वर्ष वृद्ध भत्ता बढाएन भनेर आलोचना गरे, अहिले भत्ता बढे पनि प्रशंसा सुनिन्‍न। राज्यलाई आर्थिक भार थपियो भन्‍नेमात्र सुनिन्छ,’ उनले भने।उनले गएको वर्ष थुप्रै कानुन निर्माण र संशोधनसहित संघीयताअनुसारको संरचना बनाउने पूर्वाधार तयारीमा खर्च भएको बताए। यो वर्ष संघीयता कार्यान्वयनको आधारवर्ष भएको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here