Home समाचार व्यापारीलाई चिठ्ठा खेलाउने १ जाना पक्राउ

व्यापारीलाई चिठ्ठा खेलाउने १ जाना पक्राउ

43
0

वडा प्रहरी कार्यालय भद्रपुरले चेकजाँचको क्रममा भद्रपुर ६ स्थित भानुनगर नजिकैबाट दार्जिलिङ डेङगुजोतका २८ वर्षीय मोहमद एनसउललाई पक्राउ गरेको होभद्रपुरका व्यापारीलाई चिठ्ठा खेलाउने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

कारोबारीले भद्रपुर, चन्द्रगढीका विभिन्न पसलका व्यापारहरुलाई झुक्याउँदै चिठ्ठा बिक्री गर्ने गरेको डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।जिल्ला प्रहरी कार्यालयका अनुसार उनको साथबाट प्लाष्टिकको झोलामा लुकाइ रहेको वेस्ट बङ्गाल र नागाल्याण्डको १ सय २० ठेली भारतीय चिठ्ठा बरामद गरिएको छ।

चिठ्ठाको आदत बसेका नेपाली व्यापारीले नै भारतीयलाई बोलाउने गरेको पाइन्छ।स्थानिय व्यापारीका अनुसार चिट्ठा बेच्ने भारतीय नागरिकहरू लुकिछिपी पसल–पसलमा गएर चिट्ठा खेल्ने व्यक्तिलाई नै भेटेर सुटुक्क कारोवार गर्ने गरेका छन्।पक्राउ परेका व्यक्ति, भारतीय डब्लू बी ७४ए भी ५२९६ नम्बरको हर्नेट मोटरसाइकल र बरामद चिठ्ठालाइ जिल्ला प्रहरी कार्यालय बुझाइएको वडा प्रहरी कार्यलयका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले जानकारी दिए।

भद्रपुरको मोहपाल धर्मशाला आसपास, नगरपालिका कार्यालय आसपास, कामेश्वर मार्केट, भाडा पसल जस्ता स्थानमा भारतीय चिठ्ठा खरिद बिक्री हुने गरेको प्रहरीले बताएको छ।सदरमुकाम भद्रपुर र चन्द्रगढीमा बढी मात्रामा भारतीय चिट्ठा खरिद बिक्री हुने गरेको छ।

चिठ्ठा ऐन, २०२५ को दफा २ मा नेपाल सरकारको अनुमति दिएकोमा बाहेक कसैले चिट्ठाको खरिद बिक्री गर्ने काम गर्न वा गराउन नपाउने प्रावधान छ। कानुनको बर्खीलाप गरे ६ महिनासम्म कैदको व्यवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here