Home समाचार दूतावास; बिनोदलाई मृत्युदण्ड दिने खवर हल्ला मात्र हो

दूतावास; बिनोदलाई मृत्युदण्ड दिने खवर हल्ला मात्र हो [ यस्तो छ कारण ]

82
0

भारतीय नागरिकको हत्यामा दोषी ठहरिएका चितवनका बिनोद रानाभाटलाई मृत्युदण्ड हुने खबर हल्ला मात्र भएको कतारस्थित नेपाली दूतावासले स्पष्ट पारेको छ।रानाभाटलाई मृत्युदण्डको सजाय नदिइएको दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

बैदेशिक रोजगारीमा रहँदा सम्झौता अनुसारको काम गरिरहेका रानाभाटलाई भारतीय कामदारले आक्रमण गरेकोमा ज्यानको सुरक्षाका लागि प्रतिकार गर्दा भारत सनैयाका अर्का कामदारको मृत्यु हुन पुगेको थियो। ब्लड मनी भुक्तान गरेपछि रानाभाट जेलमुक्त हुने दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसअघि रानाभाटलाई कतारमा मृत्युदण्ड दिइएको हल्ला फैलाइएको थियो।

रानाभाटलाई कतारको अदालतले तीन वर्ष सजाय र २ लाख ६० हजार कतारी रियाल ब्लड मनी तिर्नुपर्ने गरी सजाय तोकेको र त्यही अनुसारको कारबाही सुनाइएको दूतावासका अधिकारी प्रबिन भट्टराईले बताए। आदेशअनुसार ३० अक्टोबर २०१९ मा तीन वर्षको सजाय सकिनेछ।

ब्लड मनीका लागि अहिले देश बिदेशमा रहेका विभिन्न संघसंगठनकाहरुले समाजिक संजालमा सहयोग गर्नका निम्ति अभियान चलाएका छन् ।कतारस्थित अलग्रुप क्लीनिङ कम्पनीमा जनरल क्लिन वर्कर पदमा काम गरिरहेका उनलाई घटना लगत्तै कतार पुलिसले पक्राउ गरी ओक्रा जेलमा राखी मुद्दा चलाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here