Home समाचार बियर र केकसँग मनाइन् करिश्माले एसईई पास भएको खुशी

बियर र केकसँग मनाइन् करिश्माले एसईई पास भएको खुशी

64
0

काठमाडौं ।यस बर्षको एसएलसी परिक्षार्थीमा मानन्धर एक आकर्षक व्यक्तित्व थिइन् । अभिनेत्री करिश्मा मानन्धर जीवनको उत्तरार्ध लाग्न आँट्दा माध्यमिक शिक्षा परिक्षा (एसईई)मा ३ जिपिए ल्याएर ‘बी प्लस’मा उत्तिर्ण भइन् ।

मानन्धरलाई परिक्षामा उत्तिर्ण भएकोमा राजनीतिक, सामाजिक र फिल्मकर्मीको बधाई पनि ओइरियो । उनी आफैंले भने, उत्तिर्ण भएको खुशीयाली केक काटेर र वियर पिएर मनाएको तस्बिर पनि सार्वजनिक भएको छ ।

तीन दशकबढी नेपाली फिल्म उद्योगमा काम गरेकी अभिनेत्री मानन्धर केही तीन बर्ष अघि राजनीतिमा पनि लागेकी थिइन् । व्यवस्थापन विषय लिएर उच्च माध्यमिक शिक्षा अध्ययन गर्ने उनको अठोट सुनाएकी छन् । तर हालै मात्र उनले राजनीतिक आवद्धता छाडेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here