Home समाचार विमानस्थल सङ्कटकालीनको पूर्वअभ्यास

विमानस्थल सङ्कटकालीनको पूर्वअभ्यास [फोटो फिचर]

75
0

हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गरिएको हो।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आज ‘विमानस्थल सङ्कटकालीन’ पूर्व अभ्यास सफलतापूर्वक सम्पन्न गरेको छ।यो अभ्यासका क्रममा विमानस्थल दिउसो आधा घण्टा बन्द गरिएको थियो।

बोइङ ७५७ जहाजको ‘डमी’ बनाएर विमानस्थलको ‘ट्याक्सी वे’ क्षेत्रमा आपत्कालीन उद्धारको अभ्यास गरिएको थियो। यो अभ्यासमा दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा विमानस्थल सुरक्षासँग सम्बन्धित पेशाकर्मीहरु तैनाथ भएका थिए।

यसै प्रावधानअनुरुप विमानस्थले ‘एयरपोर्ट इमर्जेन्सी प्लान’ अनुसार गरिने योजनावद्ध अभ्यास गरेको विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को नियमअनुसार विमानस्थलले हरेक दुई वर्षमा सङ्कटकालीन योजनाको अभ्यास गर्नुपर्ने प्रावधान छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here