Home समाचार बालुवा उत्खनन रोक्न खोज्दा वडाध्यक्षमाथि हातपात !!

बालुवा उत्खनन रोक्न खोज्दा वडाध्यक्षमाथि हातपात !!

75
0

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका–४ का वडाध्यक्ष सगिर खानलाई हातपात गरी घाइते बनाउने दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति जेसीबी लगाएर राप्ती नदीमा अवैध रुपमा बालुवा उत्खनन गरिरहेको सूचना पाएपछि उक्त कार्य रोक्न पुगेका वडाध्यक्ष खानमाथि कम्दीका स्थानीयवासीले आक्रमण गर्दा खान गम्भीर घाइते भएका थिए ।पक्राउ पर्नेमा भोला यादव र दिनेश यादव रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताउनुभयो । उनको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरी उपरीक्षक वलीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here