Home समाचार ट्रकमा महिलालाई लिफ्ट दिई बलात्कार गर्ने पक्राउ

ट्रकमा महिलालाई लिफ्ट दिई बलात्कार गर्ने पक्राउ

69
0

व्यास नगरपालिका वडा नं १२ छिर्कनेस्थित पृथ्वीराजमार्ग सडक किनारामा ट्रक बिहीबारको बिहानी रात ०१:३० बजे रोकेर ती महिलालाई दुवै जनाले जबरजस्ती करणी गरे। बुधबार नवलपरासीबाट दमौलीसम्म आउँदै गरेको ना १ क ४३४९ नं को ट्रकका चालक र सह-चालकले १ जना महिलालाई नवलपुरस्थित डण्डा भन्ने स्थानबाट लिफ्ट दिए।

जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं ३ बनबाटिका चौर नजिक उक्त ट्रक रोकी रड (छड) अनलोड गर्दै गरेको अबस्थामा भेटीयो। यो सूचना गण्डकी प्रदेश प्रहरी कार्यालयबाट प्राप्त भए पश्चात तत्काल उक्त नं को ट्रक र कार्यमा संलग्न ब्यक्तिहरुको हुलियाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत सम्पुर्ण प्रहरी ईकाईहरु खोजतलासमा जुटे।

पक्राउ परेका दुवैजनासँग अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।घटनामा संलग्न उर्लाबारी ३ सुर्यचोकका ३२ वर्षीय सहचालक गोपाल भण्डारी र सोही ठाउँका चालक बिमल ढकाल पक्राउ परेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here