Home जनस्वास्थ्य निन्द्रा गडबड हुने समस्या,यसको समाधान कसरी हुन्छ ?

निन्द्रा गडबड हुने समस्या,यसको समाधान कसरी हुन्छ ?

72
0

निद्रा नलाग्नुका थुप्रै कारण भए पनि यो आफैंमा एउटा रोग पनि हो, जसलाई इन्सोमेनिया भनिन्छ।निद्रा हाम्रा लागि अपरिहार्य भए पनि कहिलेकाहीँ हामी निदाउन सक्देनौं। अहिले मान्छेहरुमा निद्रा नलाग्ने समस्या निकै बढेको छ।

कोहीलाई भने निद्रा नलाग्ने मात्रै पनि हुनसक्छ।इन्सोमेनिया बाहेक निद्रा कुनै रोगको लक्षणको रुपमा पनि आउँछ। यस्ता व्यक्तिलाई एन्जाइटी डिप्रेसनको समस्या हुँदैन। उसलाई खान पनि मन लाग्दैन भने सानो कुरामा पनि रिसाउँछ। यी सबै अनिद्राका कारणले हुन्छ।तर, बिहान उठ्दा तनाव भएझैं, आराम नपुगेको जस्तो र थाकेको जस्तो हुनुका साथै दिनभरी छटपटि हुन्छ।

कोही मान्छे चार घण्टा सुतेर पनि एकदम फ्रेस भएको अनुभव गर्छन्। मान्छेको व्यक्तित्व र आनीबानीअनुसार कसैलाई धेरै सुत्न पर्छ, कसैलाई थोरै।कोही मान्छे आठ घण्टाभन्दा बढी सुतेर पनि निद्रा नपुगेको बताउँछन्। ऊ धेरै समय सुतेको छ भन्दैमा उसको निद्रा ठीक छ भन्न मिल्दैन।

‘टाइप ए पर्सनालिटी’ भएकाहरु प्रायः कम सुत्छन्।तर, शरीरलाई नपुग्ने गरी लगातार लामो समय अनिद्रा भइराखे डिप्रेशन र एन्जाइटी बढ्न सक्छ। उनीहरु धेरै महत्वकांक्षी हुन्छन्। ‘टाइप बी पर्सनालिटी’ भएका मान्छेहरु बढी सुत्ने हुन्छन्।

मस्तिष्क अलमल भएपछि स्वतः निद्रा बिग्रने र अनिद्रा बढ्ने समस्या हुन्छ।निद्राको समस्या राति काम गर्नेलाई बढी हुन्छ। साविकको भन्दा फरक समय भएको विदेश काम गर्न जानेमा यो समस्या बढी हुन्छ। आफ्नो चलिरहेको समयभन्दा बाहिर गएपछि मस्तिष्कले कुन बेला उठ्ने र सुत्ने भन्ने कुरामा अलमल पर्छ।

निद्रा नलाग्ने मुख्य कारण के के हुन्?

यही भयले कतिपय नेपाल नै फर्किएका पनि छन्। नेपालबाट विदेशमा काम गर्न जानेले महिनौं यस्तो समस्या भोगेका हुन्छन्। यो समस्या बढ्दै गएपछि उनीहरुमा तनाव बढेजस्तो हुने, डर लाग्ने र मुटु काम्ने हुन थाल्छ।

निद्रा नलाग्ने समस्या बढेपछि र यसले मान्छेलाई असर गर्न थालेपछि बल्ल ऊ चिकित्सक भेट्छ। यहाँसम्म आइपुग्दा कतिपयले आफ्नो कामधाम छाडिसकेका हुन्छन्। डिप्रेसन हुँदा निद्रा लाग्दैन। दिक्क लाग्ने, निराश हुने हुँदै साँझ परेपछि मनमा कुरा खेल्न थाल्छन्। अनेक कुरा श्रृंखलाबद्ध रुपमा आइ नै रहन्छन्, जसले झनै दिमाग सक्रिय हुन्छ। अनि त सुत्न खोजे पनि निद्रा आउँदैन।
एन्जाइटीका कारणले पनि निद्रा लाग्दैन। सुत्न बेला बत्ती निभायो, मन डराउन थाल्छ। मुटु ढुक–ढुक हुन्छ र सास फेर्न गाह्रो भएर निस्सासिएको झैं हुन्छ। अँध्यारोमा डराउने हुँदा एन्जाइटी भएको मान्छे सुत्न सक्दैन।

यसको समाधान कसरी हुन्छ

राति नै सुत्ने परम्परा किन भयो?निद्रा हाम्रो लागि नभइ नहुने कुरा हो। दिउँसो सुत्दा पनि हुने होला त, किनकि, यो आरमदायी र पूर्ण हुन्छ। उज्यालो नहुने, बाहिर हल्ला कम हुने वा नहुने हुँदा रातको निद्रा सहज हुन्छ। हल्ला र उज्यालोमा मस्तिष्क सक्रिय हुन्छ र निद्रा लाग्दैन।

त्यसैले राति काम गर्नेले दिउँसो निद्रा लागोस् भनेर धेरै उज्यालोबाट बच्ने, कालो चस्मा लगाएर हिँड्ने। घर आउनासाथ पर्दा लगाएर होहल्ला नभएका ठाउँमा निदाउने प्रयास गर्ने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here