Home समाचार रबि लामिछानेको पक्षमा मानव सागर देशभरी आन्दोलनको हुने घोषणा

रबि लामिछानेको पक्षमा मानव सागर देशभरी आन्दोलनको हुने घोषणा

219
0

काठमाडौँ । प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीन जनालाई हिजो पक्राउ गरेका छन् । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्युको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो थियो । पक्राउ पर्नेमा टेलिभिजन कार्यक्रमका प्रस्तोता लामिछाने सहित युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्की रहेको बताइएको छ ।

बिहीबार मात्रै सार्वजनिक भएको उक्त भिडियोको आधारमा अनुसन्धानका लागि उनीहरु सबैलाई पक्राउ गरिएको पोखरेलले जानकारी दिनुभयो । भिडियो प्रहरीले डिजिटल परीक्षणसमेत गरिसकेको छ । पुडासैनी साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र मृ’त भेटिएको थिए । प्रहरीले पक्राउ गरेपछि रमेश प्रसाईले रबि लामिछाने पक्राउ परेपछि आक्रोशित हुँदै सारा नेपालीलाइ भने अब के गर्ने ?

यो हामी सबैको परिक्षा हो अब रवि लामिछाने प्रति षड्यन्त्र भइरहेको छ । उहाँको न्यायका लागि आज चितवन जिल्ला अदालत जाऊँ भन्दै अपिल गरेका छन् । साथै फेसबकुमा धेरैले लेखेका छन् आन्दोलनका लागि तयार हौँ । पोखराका अशोक ओझा त ११ बजे पोखरा चिप्लेढुंगामा भेला हुन सबै लाई अपिल गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here