Home समाचार संगीत चोरेको आरोपमा कालीप्रसाद विरुद्ध उजुरी

संगीत चोरेको आरोपमा कालीप्रसाद विरुद्ध उजुरी

333
0

काठमाडौं । नेपाली संगीत जगत एकपछि अर्को चोरीको विवादमा मुछिँदै गएको छ। शम्भु राईले प्रकाश सपूतमाथि संगीत चोरीको आरोप लगाएको घटना सेलाउन नपाउँदै अर्का संगीतकारविरुद्ध प्रहरीमा उजुरी नै परेको छ।

पटक पटक संगीत चोरीको आरोप झेलिरहेका संगीतकार कालीप्रसाद बास्कोटाविरुद्ध महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा उजुरी परेको हो । संगीतकार बास्कोटाको ‘समाचार’ बोलको गीत ‘बुझाई देउन’भन्‍नेबाट कपी गरेको आरोपमा उजुरी परेको हो ।

गायक तथा संगीतकार बिक्की महतले करिब १ वर्षअघि रेकर्ड गराएको गीत, ‘समाचार’ सँग मिलेको दाबी गर्दै उजुरी दिएका हुन्। महतले बास्कोटसँग प्रतिलिपी अधिकारबारे छलफल गर्न चाहेको निवेदनमा जनाइएको छ। प्रहरीमा उजुरी गर्दा पनि उचित सुनुवाइ नभएपछि महत प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा पुगेर उजुरी दिएका छन् । यसअघि पनि बास्कोटामाथि‘इन्स्टाको फोटो’ गीतको संगीत चोरी गरेर बनाएको आरोप लागेपछि विवादमा तानिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here