Home समाचार दाहसंस्कार भइरहेको बेला जनकपुरमा भयो यस्तो डरलाग्दो घटना !

दाहसंस्कार भइरहेको बेला जनकपुरमा भयो यस्तो डरलाग्दो घटना ! [मलामीको भागाभाग]

528
0

काठमाडौं ।
अन्तिम संस्कारका लागि भनि लगिएको श*व प्रहरीको टोलीले बीचमै नियन्त्रणमा लिएको छ । धनुषाको सबैला नगरपालिका १ का शत्रुधन यादवकी १४ वर्षीया छोरी पिंकी यादवले सोमवार मध्यरातमा नै आ*त्महत्या गरिन् भनि सुन्नमा आएको छ। उनका परिवारले प्रहरीलाई खबर नगरी श*व जलाउन खोजे पछि यस्तो घटना बाहिर आएको जानकारी भएको छ। सो घटना थाहा पाएपछि प्रहरीले चिताबाटै श*व उठाएर पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल ल्याएको हो । दागबत्ती दिइसकेपछि श*व जल्न सुरु भएको अवस्थामा प्रहरी पुग्दा मलामीहरुको अचानक भगाभाग भयो र निकै तनाब ग्रस्त माहोल बनेको थियो । घरदेखि करिब २ किलोमिटर टाढा खेतमा लगेर बालिकाको दाहसंस्कार कार्य भइरहेको जानकारी भएको छ । प्रहरीले श*वका साथै घटनास्थलबाट सातजना मलामीलाई पनि नियन्त्रणमा लिएको छ । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

घटनाबारे जानकारी नै नदिई दाहसंस्कार गरिरहेको सूचना पाएपछि प्रहरीको टोली पुगेर श*व पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कील जानकारी दिनुभयो । उहाँका अनुसार आ*त्महत्या भनिए पनि छिमेकीले घटना शंकास्पद रहेको जानकारी गराएपछि प्रहरीले एक्सन लिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here