Home गृहपृष्ठ +२ को रिजल्ट सम्बन्धि यस्तो सूचना बाहिर आयो!!!

+२ को रिजल्ट सम्बन्धि यस्तो सूचना बाहिर आयो!!!

3238
0

काठमाडौँ |राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गते देखि सुरु गराएको थियो| परिक्षा सकिएको लगभग ३ महिना बित्न लाग्दा पनि नतिजा बाहिर आउने छाटकाट देखिएको छैन| बिद्यार्थीहरु आफ्नो सुनौलो भबिस्य निर्धारण गर्ने ब्याचलर्स मा दाखिला हुन आतुर भैरहेको बेला नतिजा कस्तो आउला भनेर उत्साहित छन| तर राष्ट्रिय परिक्षा बॉर्डले साउन लाग्न आट्दा पनि नतिजा प्रकासित गर्न नसक्दा खुल्दुली उत्पन्न भएको छ|

यसै बिचमा सबैको खुल्दुली मेटाउन राष्ट्रिय परिक्षा बॉर्डले साउनको दोस्रो हप्ता सम्ममा नेपाल भरिका सम्पूर्ण जिल्ला तथा प्रदेश अन्तर्गतको कापी जाच सकिएर उपत्यकामा रहेको केन्द्रिय कार्यालयमा आन्तिम तयारीको लागि नतिजा आइपुग्ने जनाएको छ| यसरी नै त्यसको १ हप्ता भित्रमा सम्पूर्ण तयारी सकेर नतिजा निकाल्ने जानकारी दिएको छ| पहिले बिज्ञान संकाय अनि त्यसको केहि दिनमा ब्यबस्तापन संकायको नतिजा प्रकाशित हुने जनायको छ| यस. इ. इ को नतिजा ढिला आएको र त्यहि कारण ले १२ को पनि नतिजा ढिला आउने अनुमान धेरैको थियो तर प्रदेश बाट संकलन गरेर केन्द्रमा तयारी सक्नु पर्ने कारणले पनि ढिलाई भएको जानकारी प्राप्त भएको छ|
अगिल्लो बर्षको अनुपातमा यो बर्ष बढी बिद्यार्थी उत्रिण्ण भएको पनि इसारा गरिएको छ| राष्ट्रिय परिक्षा बॉर्डले परिक्षामा यो पाली पहिलेको बर्ष भन्दा बढी बिद्यार्थीले परिक्षामा भाग लिएको र उत्रिण्ण संख्या पनि तेही अनुसारले बढेको कच्चा जानकारी तर्फ इसारा गरेको छ|

यसै गरि हाम्रो खबर को तर्फ बाट १२ को परिक्षा दिएर बस्नु भएका सम्पूर्ण बिद्यार्थीमा राम्रो नतिजाको सुभकामना र उज्वल भबिस्यको कामना गर्दछौ|

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here