Home समाचार आउँदो असार ३१ गते यस वर्षकै उत्तम दिन, कुन राशि भएका के...

आउँदो असार ३१ गते यस वर्षकै उत्तम दिन, कुन राशि भएका के गर्ने थाहा पाउँनुहोस्

5630
0

काठमाडौं । आउँदो असार ३१ गते अन्य दिनहरु भन्दा केही फरक हुने देखिएको छ । उक्त दिन आषाढ शुक्ल पूर्णिमाका दिन खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने समितिका अध्यक्ष प्रा. डा रामचन्द्र पोखरेलले जानकारी दिनुभयो । ३ः१५ मा ग्रहणको मध्यकाल हुने बताइएको छ । ४ः४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिने पोखरेलले जनाउनुभयो । उत्तराषाढा नक्षत्रमा लाग्ने ग्रहण धनु र मकर राशीका लागि कष्टकर हुने शास्त्रीय विश्वास रहँदै आएको छ । यी दुई राशीले ग्रहण हेर्नु हुँदैन भन्ने मान्यता रहेको छ ।

यसैगरी मेष, वृष, मिथुन, सिंह, कन्या र वृश्चिक राशी हुनेले पनि ग्रहण हेर्नु नहुने उल्लेख गरिएको छ । कर्कट, तुला, कुम्भ र मीन राशि भएकाले भने ग्रहण हेर्न सक्नुहुन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्री, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here