Home समाचार ३० जना यात्रु सवार बस दुर्घटनाग्रस्त

३० जना यात्रु सवार बस दुर्घटनाग्रस्त

1361
0
नमुना तस्बिर
नमुना तस्बिर

काठमाडौं । यात्रुले खचाखच भरीएको बस दुर्घटनामा परेको छ । कैलालीको मध्यवर्ती बर्गगोरिया गाउँपालिका वडा नम्बर ४ मुढामा यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । महेन्द्रनगरबाट बुटवलतर्फ आउँदै गरेको ना ६ ख ७१६७ नम्बरको बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार बसको टायरको रड भाच्चिँएर अनियन्त्रित हुँदा दुर्घटना भएको हो । घाइते यात्रुको घोडाघोडी अस्पताल सुख्खडमा उपचार भइरहेको इलाका प्रहरी निरीक्षक जोशीले बताउनुभयो । बसमा ३० जना यात्रु सवार रहेका थिए । वर्षायामसँगै ठाउँठाउँमा सडक भत्केका कारण पनि दुर्घटनाहरु बढ्दै गइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here