Home मौसम तीन दिनको मौसम पूर्वानूमान सुरक्षित रहन अपिल !

तीन दिनको मौसम पूर्वानूमान सुरक्षित रहन अपिल !

192
0

अहिलेको आवस्तामा देशका पूर्वी र पश्चिमि तराई भागमा धेरै जसो स्थानहरूमा मनसुनी वर्षा जारी नै रहेको छ।

आज लगायत आगामी तीन दिनको मौसम पूर्वानूमान :

आईतबार (असार २९ गते)
दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशको खासगरि पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

रातिः देशभर पूर्ण वदली रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारी वर्षा हुने सम्भावना बताइएको छ ।

सोमबार (असार ३० गते)
दिउँसोः देशभर सामान्य बदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि मध्य क्षेत्रका थोरै स्थानमा र पूर्व र पश्चिमका एक – दुई स्थानमा भारी वर्षा हुने सम्भावना बताइएको छ।
रातीः देशभर पूर्ण वदली रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना बताइएको छ। देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक – दुई स्थानमा भारि वर्षा हुने सम्भावना बताइएको छ।

मंगलबार (असार ३१ गते)
दिउँसोः देशभर सामान्य देखि पूर्ण वदली रही केहि स्थानहरूमा वर्षा हुने निकै सम्भावना छ। देशको खासगरि मध्य र पश्चिमका क्षेत्रका एक दुइ स्थानहरुमा भारि वर्षा हुने सम्भावना बताइएको छ।

रातीः देश भरिनै सामान्य देखि पूर्ण बदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना जानकारी भएको छ। देशको पूर्व र मध्य क्षेत्रका निक्कै स्थानहरुमा भारी वर्षा हुने सम्भावना हुने।

आगामी २४ घण्टाका लागि चेतावनी:
देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमी भू–भागको केहि स्थानहरूमा भारी वर्षाको सम्भावना जनाइएको छ। । जसका कारण पूर्व र मध्य क्षेत्रका पहाडि भू–भागमा पहिरो जान सक्ने देखिन्छ भने तराइमा सामान्य पानीको बहाव रहिरहने बताइएको छ । अझै पनि सबै जनाले सतर्कता अपनाउनुपर्ने देखिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here