Home मौसम भारतको दबाब ओली सरकारले गर्यो अस्वीकार,कोशी ब्यारेजको खोलियो थप ढोका

भारतको दबाब ओली सरकारले गर्यो अस्वीकार,कोशी ब्यारेजको खोलियो थप ढोका

258
0

इनरुवा, असार २९

लगातार दिनकै भारी वर्षा पछि सप्तकोशी नदीमा पानीको बहाव एकदमै बढ्ने क्रम जारी भएको त हामी सबैलाई थाहा नै छ। पानीको बहाव बढेसँगै नेपाली भूभागको तराई क्षेत्र थप डुबानमा पर्ने खतरा बढ्दै गएको छ बताइएको छ।

सप्तकोशीमा नदीमा आएको पानी रोक्नका लागि ब्यारेजका ढोका थुन्न भारतले दवाव दिएको समाचार आईरहेका बेला थप 5 ढोका खेलिएको छ । हिजो साझसम्म ४० वटा ढोका खोलिएको थियो । शनिबार साँझ ५ बजे कोशीमा पानीको बहाव तीन लाख क्यूसेक नाघेको कोशी ब्यारेजका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिनुभयो ।

शनिबार साँझ सप्तकोशी नदीमा पानीको बहाव ३ लाख ३१ हजार ३१० क्यूसेक पुगेको हो जुन प्रति सेकेन्ड ९३८१३७१.४१११ लिटर हुन पुग्छ । यो अहिलेसम्मकै उच्च बहाव हो जसकारण पानीको बहाव खतराको सिमा नागी सकेको जानकारीमा आएको छ। पानीको बहाव निकैनै उच्च भएपछि खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। कोशीको पानीको बहाव बढ्दै गएपछि ब्यारेजका ४१ ढोका खुला गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here