Home खाना यो हो संसारको सबैभन्दा शक्तिबर्द्धक तरकारी, खाँदा यस्ता छन् फाइदाहरु

यो हो संसारको सबैभन्दा शक्तिबर्द्धक तरकारी, खाँदा यस्ता छन् फाइदाहरु

51
0

मनसुन सुरु हुने बित्तिकै बजारमा विभिन्न प्रकारका हरिया सब्जी आउन थाल्छन् । यी मध्ये एक हो झुसे करेला वा चट्टेल । वर्षातको मौसममा फल्ने यो तरकारीलाई निकै फाइदाजनक मानिन्छ । जानकारीका अनुसार यो संसारकै सबैभन्दा शक्तिबद्र्धक तरकारी हो ।

यो तरकारी करेला प्रजातिको हो तर यो करेलाजस्तो तितो भने हुँदैन । कतिपय अवस्थामा यसलाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ । केही दिन यसको लगातार सेवन गर्दा शारीरिक ताकतमा वृद्धि हुने बताइन्छ ।

आयुर्वेदमा पनि चट्टेललाई निकै फाइदाजनक मानिन्छ । यसमा भरपुर मात्रामा प्रोटिन पाइन्छ । विभिन्न रिपोर्टमा सार्वजनिक भएअनुसार यममा चिकनभन्दा ५० प्रतिशत बढी शक्ति र प्रोटिन हुन्छ । यसमा प्रोटिन र आइरन भरपुर मात्रामा पाइन्छ तर क्यालोरी भने कम हुन्छ ।

सय ग्राम चट्टेलमा १७ क्यालोरी हुन्छ जसका कारण यो तौल घटाउन पनि सहायक मानिन्छ । यो तरकारीमा भएको फाइटोकेमिकल्सले शरीरलाई स्वास्थ र एन्टीअक्सीडेन्ट भएका कारण रगत पनि सफा हुन्छ । रगत सफा भएपछि छाला रोग पनि लाग्दैन । यस्तै, ल्युटेनजस्ता केरोटोनोइडसले विभिन्न आँखाको रोग, हृदय रोग यहाँसम्म कि क्यान्सरको रोकथाममा सहायक हुन्छ ।

यसका अन्य फाइदा पनिः

  • चट्टेलको तरकारी खाँदा वा यसको रस पिउँदा खाना निकै सजिलै पच्छ र शरीरको मेटाबोलिजम तीब्र हुन्छ । यसले पेटको समस्याबाट जोगाउँछ ।
  • चट्टेलमा केरोटेनोइड्सको अत्यधिक मात्रा हुन्छ त्यसकारण यो आँखाका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले आँखाको ज्योती बढ्ने गर्छ ।
  • चट्टेलको तरकारी सेवन गर्दा ब्लड सुगर पनि कम हुन्छ । त्यसकारण यो मधुमेहका बिरामीका लागि निकै लाभकारी मानिन्छ ।
  • मौसम परिवर्तन हुँदा रुघा–खोकी ज्वरो आउने गर्छ । यसमा एन्टी एलर्जिक र एनाल्जेसिक गुण हुन्छ जसले यी रोगबाट बचाउन सहयोगी हुनसक्छ ।
  • एक शोध अनुसार यो तरकारीले शरीरलाई राम्रोसँग डिटक्स गराउँछ जसले शरीर र रगतमा भएका सबै फोहोर बाहिर निकाल्ने गर्छ ।
  • चट्टेलमा भएको प्रोटिन, भिटामिन र मिनरल्सले तपाईंलाई दिनभरी ऊर्जावान् राख्न सहयोग गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here