Home समाचार साझामा सरकारको झन्डै आधा अर्ब लगानी, कहिले जान्छ नाफामा !!

साझामा सरकारको झन्डै आधा अर्ब लगानी, कहिले जान्छ नाफामा !!

71
0

त्यही अवसरमा विद्युतीय बस खरिद गर्न (शेयर खरिद गर्न) प्रदेश ३ सरकारले ३० करोड र ललितपुर महानगरपालिकाले २ करोड ५० लाख रुपैयाँको चेक साझालाई दिए।सोमबार साझा यातायातले २० वटा नयाँ सिटी बस सञ्चालनमा ल्यायो।

बिजुली बसले एकातिर वातावरण प्रदुषण घटाउँछन् भने अर्कातिर नेपालको व्यापार घाटा।विद्युतीय बस किन्न काठमाडौं महानगरले १० करोड र साझा आफैंले २ करोड ५० लाख लगानी गर्ने बताएका छन्।

बिजुली बस ल्याउनु देशको व्यापार घाटा कम गर्न सकारात्मक प्रयास हो।नेपालको व्यापार घाटा वर्षेनी बढिरहेको छ। व्यापार घाटा बढ्नुको मुख्य कारण पेट्रोलियम पदार्थको आयात हो।

साझा यातायात दुई वर्षदेखि लगातार घाटामा छ। त्यही भएर अहिले प्रदेश र स्थानीय सरकारले गरेको लगानीअनुसार उसले प्रतिफल दिन सक्ला कि नसक्ला भन्ने प्रश्न उठेको छ।साझा सरकारले चलाएको कम्पनी होइन। तर शहरी यातायातलाई सहज बनाउन उसले सरकारसँग मिलेर ठूला बस चलाइरहेको छ। कसैले बन्द गर्दा पनि साझाका बस चल्छन्। संसारका विकसित देशमा सार्वजनिक सवारी साधन स्थानीय सरकारले नै चलाउँछन्। नाफा कमाउनेभन्दा पनि उनीहरूको लक्ष्य नागरिकलाई सेवा दिने हुन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here