Home समाचार जिउँदोका हातमा मृत्यु प्रमाणपत्र

जिउँदोका हातमा मृत्यु प्रमाणपत्र

98
0

सिरहा — अयोध्यानगर गाविस ९ बाट ०६० मंसिर १६ गते जारी प्रमाणमा ०४८ जेठ १४ मा उनको मृत्यु भएको उल्लेख छ । ०६२ चैत १४ मा प्रतिलिपि लिएको फोटोकपी उनको हात पारेको हो ।

औरही गाउँपालिका ४ की ७१ वर्षीया जन्तीवति यादव जीवित छिन् । उनको हातमा मृत्यु भएको प्रमाण पत्र परेपछि भने झस्किइन् ।

बुवा शिवधारी र पतिको नाममा बुद्धि यादव उल्लेख छ । जन्तीवतिको नागरिकतामा बुवा सुवध यादव र पति ठकाई यादव उल्लेख छ ।‘म जीवितै छु, मरेको भन्ने प्रमाण देख्दा छक्क परें,’ उनले भनिन्, ‘छोरा अरुणले ल्याएर देखाए ।’ तर, मृत्यु दर्ता प्रमाण पत्रमा बुवा र पतिको नाम फरक छ ।

उनका अनुसार बुवा सुवधका दुई सन्तान दिदी पारोदेवी र म जन्तीवति मात्र थियौं । दिदी पारोदेवीको विवाह अयोध्यानगरमा बुद्धि यादवसँग भयो । ‘दिदी पारोको रामवली, मोतीराम र सुरज तीन भाइ छोरा छन्,’ आफ्नो नागरिकता प्रमाण पत्र देखाउँदै जन्तीवतिले भनिन्, ‘मेरो इटाटार ८ का ठकाईसँग विवाह भयो, मेरो छोरा अरुण मात्र हो ।’जन्तीवतिका अनुसार साविक अयोध्यानगर गाविस ९ हाल धनगढीमाई नगरपालिका ८ मा बुवा सुवध यादवको ७ कठा १५ धुर जग्गा थियो । बुवाको घर दहिपौडी ७ (हाल सुखिपुर नगरपालिका) मा थियो ।

दिदीको मृत्युपछि बुवा सुवध यादवले अयोध्यानगरको ७ कठा १५ धुर जग्गा दिदीको छोरा रामवली र जन्तीवति मेरो संयुक्त नाममा नामसारी गरिदिएको जन्तीवतिको दाबी छ । उनका अनुसार पछि दिदीको मृत्यु भयो ।मृत्यु दर्ता प्रमाण पत्रदेखेपछि त्यही जग्गा हडप्न दिदीको छोराहरूले यसो गरेको होलान् भन्ने उनले चाल पाइन ।

तर, प्रशासन कार्यालयमा निवेदन दिए पनि कुनै सुनुवाई नभएको उनले सुनाए । उता, जग्गा नामसारी गरेकामध्ये सुरज यादवले आफ्नो आमाको नाममा भएको जग्गा छोराहरूको नाममा नामसारी गरेको बताए । आफूहरूले कसैको पनि नक्कली मृत्यु दर्ता नबनाएको दाबी गर्दै आमाको नामबाट जग्गा छोराहरूको नाममा नामसारी गर्न नपाइने नियम नभएको बताए ।

‘अयोध्यानगर ९ (क) कित्ता नं. १७३ को ७ कठा १५ धुर जग्गा २०६० फागुन ११ मा मिसिल नम्बर ३१०/०६०–०६१ को नामसारी निर्णयअनुसार रामवलि, मोतिराम र सुरजको संयुक्त नाममा नामसारी भएको रेकर्ड भेटियो,’ जन्तीवतिका छोरा अरुणले भने, ‘जन्तीवतिको मृत्यु दर्ताको आधारमा जमिन नामसारी भएको देखिएपछि मृत्यु दर्ता प्रमाण पत्र बदरका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दियौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here