Home समाचार नेपाल सरकारले एक रुपैयाँ नदिएपछि नेपाल एयरलाइन्सलाई के होला?

नेपाल सरकारले एक रुपैयाँ नदिएपछि नेपाल एयरलाइन्सलाई के होला?

106
0

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एयरलाइन्सलाई सरकारले तत्काल ऋण वा लगानी स्वरूप एक रुपैयाँ पनि दिन नसकिने बताए। नेपाल एयरलाइन्सको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले सोमबार व्यवस्थापन सुधार नभएसम्म सरकारले एक रुपैयाँ पनि नदिने घोषणा गरेका थिए।

यदि सरकारले एक रुपैयाँ पनि दिएन भने नेपाल एयरलाइन्समा के हुन्छ?भएका जहाजको पूर्ण क्षमता उपयोग नभएको, सम्भावित गन्तव्यमा उडान गर्न कुनै अग्रसरता नदेखाएको आफूले प्रष्ट देखेको भन्दै उनले सो घोषणा गरेका हुन्।

पुस,चैत र असारमा तिर्नुपर्ने किस्ता गरी एयरलाइन्सले नियमित किस्ता २ अर्ब ४० करोड तिर्न सकेको छैन। जहाज आएको १ वर्ष भइसक्दा पनि आधा क्षमतामा मात्र चलाएको एयरलाइन्सले दैनिक सञ्चालन खर्चको मात्र जोहो गरिरहेको छ।३९ अर्ब ऋण बोकेको पूर्ण सरकारी स्वामित्वको यो संस्थासँग अहिले वार्षिक किस्ता नै करिब चार अर्बको दायित्व छ। वाइड बडी जहाज किन्न नागरिक लगानी कोष र संचय कोषसँग लिएको २४ अर्ब ऋको किस्ता तिर्न एयरलाइन्सल सकिरहेको छैन।

‘अहिलेको कमाइले हामीलाई सञ्चालन कार्यसञ्चालनमा मात्र पर्याप्त छ, किस्ता तिर्नका लागि सरकारले पैसा दिएमा हामीलाई व्यापार विस्तारका लागि सजिलो हुने थियो’ सोमबारकै समारोहमा अध्यक्ष खरेलले भने।दैनिक सञ्चालन खर्चकोमात्र व्यवस्था गर्दा ऋणको ब्याज र किस्ता तिर्न नसकिने एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले सार्वजनिक रूपमा बताउँदै आएका छन्।खरेलले भनेको कुरामा सत्यतता भने छ।

एक वर्षसम्म दैनिक औसत ६ घण्टामात्र यी जहाज उडिरहेका छन्। उड्नुपर्ने १४ घण्टा हो। अहिले वाइड बडी जहाजले जति कमाएको छ त्यसले अपरेटिङ कस्टमात्र व्यवस्थापन गरिरहेको छ। खरेलले यही कुरा प्रधानमन्त्रीसँग पनि राखिरहेका छन्। उनले लुकाएको अर्को सत्य के हो भने जहाज आधा क्षमतामा पनि उडेका छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here