Home समाचार इतिहासमा आजसम्म कसैले गर्न नसकेको यस्तो काम ट्रम्पले गरेर देखाए

इतिहासमा आजसम्म कसैले गर्न नसकेको यस्तो काम ट्रम्पले गरेर देखाए [भिडियोसहित]

115
0

काठमाडौं । यो भन्दा पहिले दुई देशका राष्ट्रप्रमुख अमेरिकाी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ उनका बीचमा सिंगापुर र भियतनाममा भेट भइसकेको छ । लामो समय देखि अमेरिका र उत्तर कोरिया बीचको सम्बन्धमा सुधार आउन सकेको छैन । यो बीचमा सम्बन्ध विस्तारका लागि अनेक प्रयत्नहरु नभएका भने पनि होईनन् । भेटको पुरानो शैलीलाई परिवर्तन गर्ने बहानामा अमेरिकी राष्ट्रपति ट्रम्पले नयाँ इतिहास रच्नु भएको छ । उहाँले अमेरिकी इतिहासमा सबैभन्दा पहिले उत्तर कोरिया पुग्ने रेर्कड बनाउनु भएको छ ।

उहाँले आफूले उत्तर कोरियामा पाइला टेक्दा कोरियाली नागरिकका आखाँ आँसुले भरिएको बताउनु भएको छ ।यो भन्दा पहिले कुनै अमेरिकी राष्ट्रपति उत्तर कोरिया पुगेका थिएनन् । उत्तर कोरियाली नेता उनसँगको भेटपछि ओसान एअर बेसमा अमेरिकी सैनिकसँगको कुराकानीमा अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभयो, ‘मैले उत्तर कोरियाली भूमिमा पाइला टेकेँ, उनीहरु यसलाई ऐतिहासिक क्षण मान्दछन् । थुप्रै कोरियाली नागरिकको आँखा आँसुले भरिएको मैले देखेँ ।’

उत्तर कोरिया र दक्षिण कोरियाको गैरसैन्य क्षेत्र (डीएमजेड) मा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले संक्षिप्त भेट गर्नुभएको हो । ट्रम्प किमसँग भेटेसँगै आइतबार अमेरिका फर्किनु भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर कोरियाली नेता किमलाई ह्वाइट हाउसमा आउन निमन्त्रणा गर्ने योजनामा रहेको विदेशी सञ्चार माध्यमले जनाएका छन् ।धेरैले यो ट्रम्पको कुटनीतिक सफलता भएको बताएका छन् । यो भन्दा पहिले चिनियाँ राष्ट्रपति सी जीन पीङ पनि उत्तर कोरिया पुग्नु भएको थियो ।जी–२० शिखर सम्मेलनका लागि जापानको ओसाका आएका ट्रम्पले अचानक उत्तर कोरियाली नेता किमलाई भेटेपछि विश्वका सञ्चार माध्यमले प्राथमिकताका साथ छापेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here