Home समाचार गोलि हाना हान भय पछि पुग्यो सेना को तिन हेलिकप्टर

गोलि हाना हान भय पछि पुग्यो सेना को तिन हेलिकप्टर [इस्तिती गम्भीर]

71
0

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता र गस्तीमा रहेको प्रहरीबीच सिलिचोङ गाउँपालिका–१ होयङमामा सोमबार बिहान गोली हानाहान भएपछि सेनाका तीनवटा हेलिकोप्टर पुगेका छन्।

तीनै हेलिकोप्टरबाट काठमाडौँबाट सशस्त्र र नेपाल प्रहरीका ५० जना भन्दा धेरै सिपाहीँ सिलिचोङमा उतारिएको छ।काठमाडौंबाट पुगेका नेपाली सेनाको हेलिकोप्टरले गोली हानाहान भएको सिलिचोङको क्षेत्रमा हवाई गस्ती गरिहेका छ।

स्रोतका अनुसार सशस्त्र प्रहरी निरीक्षक उमेश थापा र नेपाल प्रहरीका प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५/२५ जनाको बेग्लाबेग्लै टोली सेनाको एमआई १७ हेलिकोप्टरबाट संखुवासभामा उतारिएको छ।सदरमुकाम खाँदबारी पुगेर सेनाको हेलिकोप्टरले सिलिचोङको बस्ती र मकालुवरुण जंगलको क्षेत्रमा गस्ती गरिरहेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here