Home समाचार के तपाई जारको पानी पिउनुहुन्छ ? पिउनुहुन्छ भने एकपटक अवश्य पढ्नुहोस् !!

के तपाई जारको पानी पिउनुहुन्छ ? पिउनुहुन्छ भने एकपटक अवश्य पढ्नुहोस् !!

101
0

काठमाडौं ।पानीको जारभित्रै डेंगु रहेछ भनेपछि स्थानीयको भीड लागेको थियो । खानेपानी सुद्ध भएन भने हामीले अनेकौ समस्याहरुको सामाना गर्नुपर्ने हुन्छ।खानेपानीका कारण स्वास्थ्य सम्बन्धी रोगहरु विशेष गरेर सर्ने भन्दा नसर्ने रोगहरुको आतंक धेरै देखिएको छ ।

उनले भने, ‘बिहानै किनेको पानीमा केटाकेटीले यहाँ त मच्चड छिरेको रहेछ भनेपछि आफूले देखेको र स्थानीयलाई खबर गरें, सबै भेला भएर हेर्दा मच्छड देखियो ।’स्थानीय सिल प्याक गरिएकै पानीभित्र मच्चड भेटिएपछि डेंगु हो भन्दै अत्तालिएका हुन् ।

सुनसरीको तरहरामा उत्पादन हुँदै ‘नयाँ हलेसी जल’ नामक पानीको जारमा मच्चड भेटिएपछि स्थानीयमा खैलाबैला मच्चिएको हो ।यो बिचमा सर्वसाधारणले पिउने पानीको जारभित्रै मच्छड भेटिएपनि त्यस क्षेत्रका जनता अत्तालिएका छन् । धरान–११ पशुपति मार्गका स्थानीय एवम् न्यू पशुपति पिएलओका अध्यक्ष रामकुमार तुम्बाले किनेको जारको पानीमा मच्छड भेटिए पछि तनाब सुरु भएको छ ।

स्थानीय सूर्य भण्डारीका अनुसार सिल गरिएको पानीभित्रै मच्चड भेटिनु हदैसम्मको लापरवाही हो । तर भेटिएको वस्तु मच्छड हो वा डेंगु त्यो पुष्टि भने भइसकेको छैन ।कतिपय स्थानीयले भने यो मच्छड नभई धरानेलाई डेंगु पठाइदिएको रहेछ भनेर हँस्यौली पनि गरेका थिए । कम्पनीका शक्तिविक्रम राईले एकपटक गल्ती भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here