Home समाचार आमा-बाबु दुबैले छोडे, ठुलो भएर ऋण तिर्छौ भाइलाई बचाउनुहोस्’

आमा-बाबु दुबैले छोडे, ठुलो भएर ऋण तिर्छौ भाइलाई बचाउनुहोस्’

112
0

काठमाडौ । बाबुलाई जन्मदिने आमाको अनुहारपनि याद छैन । सुक्क–सुक्क गर्न बाहेक केही बोल्न सक्दैनन् । उनी ब्लड क्यान्सरले निक्कै थलिएका छन् ।उनका दाजुपनि सानै छन् । छेउमा बसेका छन् । बारम्बार सुम्सुम्याउछनु ।

आमा बाबु जिउँदै भएपनि टुहुरा, बेसाहारा बनेका यी नेपाल आमाका सन्तानमा अब ठूलो विपत्ति आइलाग्यो । सानै उमेरदेखि छोडेर अन्यत्र छन् । यस्तै दुखियाको घरमा बज्रपात परेर आयो । करिब एक दशक देखि दाजुभाई आमाबुवाको संरक्षण बिनानै हुर्किएका थिए । बाबु १३ बर्षको भएका छन् ।उनीहरुका बाबा आमा यही धर्तीमा छन् । उनीहरुलाई अलपत्र छोडेर हिँडेका छन् । बाबु आमाले साथ छोडेपनि दाजु भाई संघर्ष गरेर बाँचिरहेका थिए । आमाबुवाको माया कस्तो हुन्छ भन्ने दाजुभाईले अनुभव गर्ने मौका पाएनन् ।

दाजुभाई सानै छँदा आमाले अर्कैसँग विवाह गरिन् ।उनको स्वास्थ्य उपचार र जीवन रक्षाका लागि नविन गिरी अहिले भिख मागिरहेका छन् । आमाबुवाले सानैमा साथ छोडेर गएका कारण एक्लिएका नविन अहिले भविष्यको सहारा सम्झेका भाईलाई पनि ब्लड क्यान्सर भएपछि उनी भाईको साथ छुट्ने हो की भन्ने डर छ ।

कालिकोट शान्ति त्रिवेणी गाउँपालिका वडा नं १ का हिमराज गिरी जसलाई अहिले ब्लड क्यान्सर भएको छ । भाईको अवस्था निकै चिन्ताजनक छ। त्यही दाजुभाईको यस्तो जोडीलाई फेरी दैव लाग्यो । अस्पतालको शैयामा भाईलाई सुताएर दाई भाईको जिवन रक्षाको भिख मागिरहेका छन् । बाबुआमाको न्यानो काख र माया त उनीहरुले पाएनन् अहिले दाजुभाईकै माया पनि छुट्ने हो की भन्ने त्रासमा बारम्बार भक्कानिन्छन् ।

भाईलाई कालिकोटमै हुँदा ज्वरो आउने र निकै थकाइलाग्ने भएकाले उपचारका लागि सबैको सहयोग जुटाएर काठमाडौं आएर अस्पताल पुर्याए अस्पतालमा चिकित्सकले भाईलाई ब्लड क्यान्सर भएको सुनाएपछि नविनको पाइताला मुनिको जमिन भासियो । जन्मदिने आमाले अर्काविवाह गरेपछि बुवाले पनि सौतेनी आमा भित्र्याए । पछि बुवा पनि सौतेनी आमाकै घरमा गएर बस्न लागेपछि यि दाजुभाईको अभिभावकको छाँया खोसियो ।

उनीहरुलाई सहयोग गर्नका लागि ९८६१९९६१९८ र ९८४४८९१६५६ मा सम्पर्क गर्नुहोला । सक्नेले आर्थिक सहयोग गरिदिनुहोला । प्राविधि रुपमा सहयोग गर्न नसकेपछि एक सेयर गरिदिनुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here