Home समाचार संखुवासभामा प्रहरी र बिप्लव समूहबीच गोली हानाहान

संखुवासभामा प्रहरी र बिप्लव समूहबीच गोली हानाहान

45
0

संखुवासभा — प्रहरी र नेत्रविक्रम चन्द समूहका कार्यकर्ताहरुबीच गोली हानाहान भए पनि कुनै क्षति भने नभएको प्रहरीले बताएको छ । सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाको हेयाङ्ला भन्ने स्थानमा सोमबार बिहान प्रहरी र नेत्रविक्रम चन्द समूहबीच गोली हानाहान भएको छ ।

प्रहरीले जवाफी फायरिङ गरेपछि चन्द समूहका कार्यकर्ता भागेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको पैदल गस्ती त्यहाँ पुगेको थियो,’ प्रजिअ दुलाले भने, एक सुरक्षाकर्मी देख्नासाथ उनीहरुले फायरिङ गरे, त्यसपछि, प्रहरीले गोली चलायो ।’

जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट गएको नियमित गस्ती हेयाङ्ला पुगेको थियो । गस्ती टोलीलाई देखेपछि विप्लव समूहका कार्यकर्ताले फायर खोलेका थिए । उनीहरु २५ जना भन्दा बढीको समूहमा रहेको स्थानीयले जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय संखुवासभा स्रोतका अनुसार, त्यसतर्फ थप सुरक्षाकर्मी पठाउने तयारी भइरहेको छ । घटनास्थल पुग्न जिल्ला सदरमुकामबाट कम्तीमा १० घण्टा बढी पैदल हिड्नु पर्छ । सिलिचोङ गाउँपालिकाको केन्द्रबाटै ५ घण्टा बढी लाग्छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।हातहतियारसहित चन्द समूहका कार्यकर्ता आएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here