Home प्रबिधि नेपाल टेलिकमले ल्यायो यस्तो नि:शुल्क सेवा, कसरी लिने त ?

नेपाल टेलिकमले ल्यायो यस्तो नि:शुल्क सेवा, कसरी लिने त ?

124
0

असार १६

काठमाडौ । नेपाल टेलिकमले विश्वव्यापी विकास संस्था भियामो सँग साझेदारी गरेर ‘एन टि सूचनाको संसार’ सेवा येही आइतबार बाट उपलब्ध गराएको छन् । यो एक प्रकारको कल–इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइल बाट कल गरेर कुनै पनि समाचार, कृषि, स्वास्थ्य, मौसम, प्राकृतिक विपत् सम्बन्धी सबै जानकारी निःशुल्क रुपमा पाउन सकिने भनिएको छ ।

नेपाल टेलिकमको कुनै पनि मोबाइलबाट ३२१०० मा कल गरेर ध्वनी निर्देशन अनुसार सबै पालना गरी यो सेवा सजिलै उपभोग गर्न सकिनेछ । यसरी कल गर्दा मोबाइल प्रयोग गर्ने हरु नेपाली भाषाको माध्यमबाट सूचनाको संसारमा जोडिन सक्छन् । यसको माध्यमबाट कृषि, स्वास्थ्य, समाचार, मौसम र विपत् तयारी जस्ता विषयमा आवश्यक जानकारी लिन सकिन्छ । सार्वजनिक सेवाका लागि निकै नै आवश्यक पर्ने यस सम्बन्धी धेरै जानकारी भियामोले विभिन्न विशेषज्ञहरुको सहयोगमा तयार परेका छन् ।

यो सुविधा हाल आइतबार देखि ६ महिनाको समय सम्मको लागि निःशुल्क उपलब्ध गराइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here