LATEST ARTICLES

रबि लामिछानेको पक्षमा मानव सागर देशभरी आन्दोलनको हुने घोषणा

काठमाडौँ । प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने सहित तीन जनालाई हिजो पक्राउ गरेका छन् । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्युको अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिनुभयो थियो । पक्राउ पर्नेमा टेलिभिजन कार्यक्रमका प्रस्तोता लामिछाने सहित युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्की रहेको बताइएको छ । बिहीबार मात्रै सार्वजनिक भएको उक्त भिडियोको...

कक्षा १२ को नतिजा आज सार्वजनिक

काठमाडौं, साउन १३ हामीले पाएको जानकारी अनुसार कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि सोमबार बेलुकी ५ बजे बोर्ड बैठकसमेत बोलाइसकेको छ । पहिला पनि बैठक SEE को नतिजा बैठक सकिने बितीकै भएको थियो । बोर्डका अनुसार आइतबार परीक्षार्थीको सम्पूर्ण नतिजा रुजु गरेर कम्प्युटरमा इन्ट्री गरिसकिएको छ। आइतबार रुजु गर्ने क्रममा कुनै...

संगीत चोरेको आरोपमा कालीप्रसाद विरुद्ध उजुरी

काठमाडौं । नेपाली संगीत जगत एकपछि अर्को चोरीको विवादमा मुछिँदै गएको छ। शम्भु राईले प्रकाश सपूतमाथि संगीत चोरीको आरोप लगाएको घटना सेलाउन नपाउँदै अर्का संगीतकारविरुद्ध प्रहरीमा उजुरी नै परेको छ। पटक पटक संगीत चोरीको आरोप झेलिरहेका संगीतकार कालीप्रसाद बास्कोटाविरुद्ध महानगरीय प्रहरी परिसर टेकु काठमाडौंमा उजुरी परेको हो । संगीतकार बास्कोटाको ‘समाचार’ बोलको गीत ‘बुझाई देउन’भन्‍नेबाट कपी गरेको आरोपमा उजुरी परेको...

१०८ वर्षपछि जलविद्युत क्षेत्रमा ठूलो फड्को , बिजुलीमा देश आत्मनिर्भर हुदै – थपिँदै छ १५००….

नमुना तस्बिर

जलविद्युत उत्पादन सुरु भएको १०८ वर्षपछि नेपाल उर्जा क्षेत्रमा ठूलो फड्को मार्ने अवस्थामा आइपुगेको छ। एक सय आठ वर्षपछि आगामी आर्थिक वर्षमा एकैपटक एक हजार ५०० मेगावाट विद्युत् प्रणालीमा जोडिने छ। नेपालले एक सय वर्षमा उत्पादन गरेको भन्दा बढी बिजुली हो यो। जलविद्युत क्षेत्रमा नेपालमा यो एउटा ठूलो क्रान्ति हुनेछ, जसले विद्युतमा देश आत्मनिर्भर हुनेछ भने अर्थतन्त्र र रोजगारीको क्षेत्रमा...

आजदेखि नयाँ आर्थिक बर्ष : कति कमाउँदा राज्यलाई कति कर तिर्नुपर्छ ?

काठमाडौ । व्यवसाय, रोजगारी वा कुनै आयआर्जन गरेपछि राज्यका हरेक नागरिकले सरकारलाई कुनै न कुनै रूपमा कर बुझाउनैपर्छ। जानाजान वा अन्जानमा तपाईंले कर नबुझाए सरकारी कारबाही तथा जरिवानामा पर्न सक्नुहुन्छ। सरकारले पनि हरेक वर्ष व्यक्तिले गर्ने आयआर्जनमा लिने करको दायरा फरक गरिरहेको हुन्छ। व्यक्तिको आयआर्जन कर पनि राज्यले विभिन्न तवरबाट संकलन गर्दै आएको छ। सोहीअनुरुप सरकारले पनि आर्थिक वर्ष २०७६/०७७ का...

दाहसंस्कार भइरहेको बेला जनकपुरमा भयो यस्तो डरलाग्दो घटना ! [मलामीको भागाभाग]

काठमाडौं । अन्तिम संस्कारका लागि भनि लगिएको श*व प्रहरीको टोलीले बीचमै नियन्त्रणमा लिएको छ । धनुषाको सबैला नगरपालिका १ का शत्रुधन यादवकी १४ वर्षीया छोरी पिंकी यादवले सोमवार मध्यरातमा नै आ*त्महत्या गरिन् भनि सुन्नमा आएको छ। उनका परिवारले प्रहरीलाई खबर नगरी श*व जलाउन खोजे पछि यस्तो घटना बाहिर आएको जानकारी भएको छ। सो घटना थाहा पाएपछि प्रहरीले चिताबाटै श*व उठाएर...

+२ को रिजल्ट सम्बन्धि यस्तो सूचना बाहिर आयो!!!

काठमाडौँ |राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा २०७६ बैशाख १५ गते देखि सुरु गराएको थियो| परिक्षा सकिएको लगभग ३ महिना बित्न लाग्दा पनि नतिजा बाहिर आउने छाटकाट देखिएको छैन| बिद्यार्थीहरु आफ्नो सुनौलो भबिस्य निर्धारण गर्ने ब्याचलर्स मा दाखिला हुन आतुर भैरहेको बेला नतिजा कस्तो आउला भनेर उत्साहित छन| तर राष्ट्रिय परिक्षा बॉर्डले साउन लाग्न आट्दा पनि नतिजा प्रकासित...

इतिहासकै दुर्लभ क्षण गुरु पूर्णिमाको चन्द्र ग्रहणले यी राशि मालामाल : राशिफल/२०७६ असार ३१ गते मंगलबार

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) साथिभाई तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा धर्म तथा सस्कृति सँग सम्बन्धित सामानको कारोबारमा बृद्धि हुनेछ । अध्ययनमा सुधार हुने तथा शिक्षा सँग सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुनेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । प्रशासन तथा सेवा सम्बन्धित कामहरु समयमा नै सम्पन्न हुने हुदा मन प्रशन्न रहनेछन् । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नचाहादा नचाहादा...

आउँदो असार ३१ गते यस वर्षकै उत्तम दिन, कुन राशि भएका के गर्ने थाहा पाउँनुहोस्

काठमाडौं । आउँदो असार ३१ गते अन्य दिनहरु भन्दा केही फरक हुने देखिएको छ । उक्त दिन आषाढ शुक्ल पूर्णिमाका दिन खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गर्ने समितिका अध्यक्ष प्रा. डा रामचन्द्र पोखरेलले जानकारी दिनुभयो । ३ः१५ मा ग्रहणको...

३० जना यात्रु सवार बस दुर्घटनाग्रस्त

नमुना तस्बिर

काठमाडौं । यात्रुले खचाखच भरीएको बस दुर्घटनामा परेको छ । कैलालीको मध्यवर्ती बर्गगोरिया गाउँपालिका वडा नम्बर ४ मुढामा यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । महेन्द्रनगरबाट बुटवलतर्फ आउँदै गरेको ना ६ ख ७१६७ नम्बरको बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार बसको टायरको रड भाच्चिँएर अनियन्त्रित...

विवाह गरेको तीन मिनेट पछि डिर्भोस ! [डिर्भोसको कारण झनैं अनौंठो]

काठमाडौं । हिन्दु धर्मग्रन्थहरुमा विवाह सात जन्मसम्म निभाउनको लागि गर्ने गरिन्छ भनेर ब्याख्या गरिएको छ । तर, कुबेतमा विवाह सम्बन्धि अनौठो घटना घटेको छ । कुवेतमा एउटा जोडी विवाह गरेको तीन मिनेटमै सम्बन्ध विच्छेद गरेका छन् । ती जोडीले विवाह गरे लगत्तै डिभोर्स गरेका हुन् । अदालतमा विवाहको सम्झौतामा हस्ताक्षर गरेर निक्लने बित्तिकै बेहुलीले डिभोर्स गरेको डेली मेलले जनाएको...

चश्मा लगाउनेहरुलाई ठूलो झड्का : हुन्छ यस्तो डरलाग्दो असर

लण्डनमा गरिएको एक अध्ययनले चश्मा लगाउने मानिसलाई एक्लोपन तथा डिप्रेशनको खतरा बढी हुने देखाएको छ । बेलायतको युनिर्भसीटी कलेज लण्डनले गरेको नयाँ सर्वेक्षणले चश्मा लगाउने मानिसले आफ्नो स्वस्थ्यमा समस्या भएको महसुस गर्ने देखाएको छ। उक्त कलेजले अध्ययनका लागि १ लाख १२ हजार ३० जनाको राय लिएको थियो। अध्ययनमा सहभागी मध्ये १२ प्रतिशत मानिसले चश्मा लगाउदाँ आफ्नो स्वास्थ्य अवस्था कमजोर रहेको...

भयो अचम्म : काठमाडौको न्युरोडमा नालिको ढलमा सुनैसुन, ढल उठाउन हारालुछ हानाहान

काठमाडौ । नालीबाट निकालिएको हिलो किन्नका लागि झगडा हुन्छ भन्ने सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । तर तेही नै सत्य हो राजधानी काठमाडौंको अति व्यस्त सहर न्युरोडभित्र नालीबाट निकालिएको हिलो (फोहोर) किन्न मारामार हुन्छ र कहिले त झगडा नै पर्ने गरेको बताइएको छ। न्युरोडको नालीमा अवरोध आएको सूचना पाउने बिक्तिकै हूलका हूल आएर हिलो ओगट्ने क्रम चल्ने खबर आएको छ।...

तीन दिनको मौसम पूर्वानूमान सुरक्षित रहन अपिल !

अहिलेको आवस्तामा देशका पूर्वी र पश्चिमि तराई भागमा धेरै जसो स्थानहरूमा मनसुनी वर्षा जारी नै रहेको छ। आज लगायत आगामी तीन दिनको मौसम पूर्वानूमान : आईतबार (असार २९ गते) दिउँसोः देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशको खासगरि पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । रातिः...

भारतको दबाब ओली सरकारले गर्यो अस्वीकार,कोशी ब्यारेजको खोलियो थप ढोका

इनरुवा, असार २९ लगातार दिनकै भारी वर्षा पछि सप्तकोशी नदीमा पानीको बहाव एकदमै बढ्ने क्रम जारी भएको त हामी सबैलाई थाहा नै छ। पानीको बहाव बढेसँगै नेपाली भूभागको तराई क्षेत्र थप डुबानमा पर्ने खतरा बढ्दै गएको छ बताइएको छ। सप्तकोशीमा नदीमा आएको पानी रोक्नका लागि ब्यारेजका ढोका थुन्न भारतले दवाव दिएको समाचार आईरहेका बेला थप 5 ढोका खेलिएको छ । हिजो...

जब भूकम्पले काठमाडौँ हल्लायो, युवा ज्योतिष अर्जुन क्षेत्रीले दिए यस्तो जवाफ

काठमाडौं । शनिबार अपराह्न करिब सवाँ ४ बजेतिर काठमाडौँ उपत्यकाको भक्तपुर सल्लाघारी आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्पको धक्का महशुस भयो । फेसबुक वालभरी ठूलै हल्लीखल्ली मच्चाउने स्टाटसहरुको बाडी नै आयो । भूकम्पको समाचारले फेसबुक लगायत सामाजिक सञ्जालको न्यूज फिड भरियो । केही मिनेट त काठमाडौँ उपत्यका आसपासका केही ठाउँका मानिसहरु सडकमा निस्किए भन्ने सम्म शीर्षकका समाचारहरु आए । करिब...

छिटो पैसा कमाउन एक पिताले ४ वर्षकी छोरीको २५ लाखको बिमा गरेर आफैंले मारे

काठमाडौ । बिमा रकम पाउनका लागि रौतहटमा एक पिताले आफ्नै ४ वर्षकी छोरीको ह*त्या गरेका छन्। उनले बिमाबारे जानकारी पाएपछि छिटो पैसा कमाउनकै लागि छोरीको बिमा गरेका थिए । त्यसपछि बिमा गरेको एक महिना नहुँदै छोरीको ह*त्या समेत गरे । मौलापुर नगरपालिका–६ पथरा बुधराम घर भएका ३९ बर्षीय राम किशोर राय यादवलाई आफ्नै छोरी ४ वर्षीया लक्ष्मी कुमारी यादवको ह*त्या...

दुई तलामाथीबाट खसेकी बच्ची युवाले समाए, विश्वभरी प्रसंशा गर्दै तस्वीर हुनथाल्यो सेयर

काठमाडौ । मानिस कहिलेकाही भगवान सावित बन्छ । चलचित्रमा देखाइएको दृष्य बास्तविक बन्छन् । टर्कीको इस्तानबुलमा यस्तै भएको छ । एक १७ वर्षीय युवकले दुई तल्लामाथिबाट सडकमा खसेकी बच्चीलाई बीचैमा समातेका छन्। उनी त्यही उभिएर बसेको बेला माथीबाट बच्ची झ्यालबाट खस्छिन् । खस्दै गरेको देखेर उनले जमिनमा पछारीन नपाउँदै च्याप्पै समात्छन् । अल्जेरियाका फ्युजी जबातले नसमातेको भए ती बच्ची सडकमा...

यो हो संसारको सबैभन्दा शक्तिबर्द्धक तरकारी, खाँदा यस्ता छन् फाइदाहरु

मनसुन सुरु हुने बित्तिकै बजारमा विभिन्न प्रकारका हरिया सब्जी आउन थाल्छन् । यी मध्ये एक हो झुसे करेला वा चट्टेल । वर्षातको मौसममा फल्ने यो तरकारीलाई निकै फाइदाजनक मानिन्छ । जानकारीका अनुसार यो संसारकै सबैभन्दा शक्तिबद्र्धक तरकारी हो । यो तरकारी करेला प्रजातिको हो तर यो करेलाजस्तो तितो भने हुँदैन । कतिपय अवस्थामा यसलाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ ।...

आज – १८ आषाढ २०७६ बुधवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)शुभारम्भको चर्चा चल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) जोश जाँगर र हिम्मत बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । सिंह सिंह (मा,...

साझामा सरकारको झन्डै आधा अर्ब लगानी, कहिले जान्छ नाफामा !!

त्यही अवसरमा विद्युतीय बस खरिद गर्न (शेयर खरिद गर्न) प्रदेश ३ सरकारले ३० करोड र ललितपुर महानगरपालिकाले २ करोड ५० लाख रुपैयाँको चेक साझालाई दिए।सोमबार साझा यातायातले २० वटा नयाँ सिटी बस सञ्चालनमा ल्यायो। बिजुली बसले एकातिर वातावरण प्रदुषण घटाउँछन् भने अर्कातिर नेपालको व्यापार घाटा।विद्युतीय बस किन्न काठमाडौं महानगरले १० करोड र साझा आफैंले २ करोड ५० लाख लगानी गर्ने...

जिउँदोका हातमा मृत्यु प्रमाणपत्र

सिरहा — अयोध्यानगर गाविस ९ बाट ०६० मंसिर १६ गते जारी प्रमाणमा ०४८ जेठ १४ मा उनको मृत्यु भएको उल्लेख छ । ०६२ चैत १४ मा प्रतिलिपि लिएको फोटोकपी उनको हात पारेको हो । औरही गाउँपालिका ४ की ७१ वर्षीया जन्तीवति यादव जीवित छिन् । उनको हातमा मृत्यु भएको प्रमाण पत्र परेपछि भने झस्किइन् । बुवा शिवधारी र पतिको नाममा बुद्धि यादव उल्लेख छ । जन्तीवतिको...

मुख्यमन्त्रीहरु विदेश भ्रमणमा

काठमाडौँ — राई अमेरिकातर्फ प्रस्थान गरेका छन् भने पोखरेल र पौडेल चीनतर्फ प्रस्थान गरेका हुन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल विदेश भ्रमणमा गएका हुन् । ३ वटा प्रदेशका मुख्यमन्त्रीहरु विदेश भ्रमणमा गएका छन् । मुख्यमन्त्री राई त्यहाँको बाल्टिामोरमा हुने नेपाली राष्ट्रिय सम्मेलनमा सहभागी हुदैछन्।प्रदेश १...

बस र ट्रक ठोक्किँदा एकको मृत्यु, ६ घाइते

काठमाडौँ — पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा बस र ट्रक एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ भने छ घाइते भएका छन् । आज बिहान ३ः४० बजे लालबन्दी नगरपालिका–१७ फुलजोर पुलस्थित बा३ख २०५४ नंको बस र ना५ख ७७९५ नंको ट्रक आपसमा ठोक्किँदा बसका चालक ईश्वरपुर नगरपालिका–१२ घारीबथानका २४ वर्षीय माधव लायोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।सर्पले टोकेको बिरामीलाई घारीबथानबाट बसमा...

नेपाल सरकारले एक रुपैयाँ नदिएपछि नेपाल एयरलाइन्सलाई के होला?

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एयरलाइन्सलाई सरकारले तत्काल ऋण वा लगानी स्वरूप एक रुपैयाँ पनि दिन नसकिने बताए। नेपाल एयरलाइन्सको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले सोमबार व्यवस्थापन सुधार नभएसम्म सरकारले एक रुपैयाँ पनि नदिने घोषणा गरेका थिए। यदि सरकारले एक रुपैयाँ पनि दिएन भने नेपाल एयरलाइन्समा के हुन्छ?भएका जहाजको पूर्ण क्षमता उपयोग नभएको, सम्भावित गन्तव्यमा उडान...

प्राविधिक खटिनुअघि बनेका घरले एकमुष्ट तीन लाख पाउने

मंगलबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले प्राविधिक खटिनुपुर्व बनेका घरका घरधनीलाई एकमुष्ट रुपमा अनुदान प्रदान गर्ने कार्यविधि पारित भएको हो।राष्ट्रिय पुननिर्माण प्रधिकरणले प्रविधिकहरु खटाउनु अघि बनाइएका १२ हजार घरधनीले एकमुष्ट रुपमा तीन लाख पाउने भएका छन्। उक्त रकम प्राप्त गर्नका लागि प्राविधिक परिचालन हुनु अघि नै लाभग्राही सूचीमा हुनु पर्नेछ भने स्थानीय तहबाट प्रमाणित हुनुपर्नेछ। सो कार्यविधि पारित भएसँगै सरकारी...

आज सूर्यग्रहण लाग्दै, के गर्ने के नगर्ने ?

१७ असार काठमाडौं ।  आज (मंगलवार) सूर्यग्रहण लाग्दैछ । यस बर्षको यो नै एकमात्र सूर्यग्रहण हुनेछ । द वेदर च्यानलका अनुसार , सूर्य ग्रहण ६ हजार माइलको दुरीबाट गुज्रनेछ । सूर्य ग्रहण प्रशांत महासागर र दक्षिण अमेरिकाबाट देखिनेछ । नेपाल लगायत एसियाली देशमा भने ग्रहण देखिने छैन् । यो सूर्यग्रहण चार मिनेट ३३ सेकेण्डसम्म चल्ने संभावना रहेको छ । रिपोर्टका अनुसार, सूर्य...

आज – १७ आषाढ २०७६ मंगलवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरेका काममा ढिलासुस्ती हुनेछ । सहकर्मीबाट विरोध आउला । कार्यमा अवरोध आउला । प्रेम प्रसङ्गमा समेत नरमाइलोपन आउनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) श्रमको उचित मुल्याङ्कन हुनेछ । साथीभाइबाट बढी फाइदा लिने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । सन्तान सुख...

अब शिक्षक र स्वास्थ्यकर्मीलाई सबैभन्दा धेरै तलब !!

भुटानको मन्त्रिपरिषद् बैठकले गरेको तलब पुनरावलोकनअनुसार शिक्षक, डाक्टर, नर्स र मेडिकल क्षेत्रका कर्मचारीहरूको तलब अरू कर्मचारीको भन्दा धेरै हुनेछ। भुटान सरकारले शिक्षक र स्वास्थ्य सेवाका कर्मचारीलाई उही तहका अन्य कर्मचारीमध्ये सबैभन्दा धेरै तलब दिने भएको छ। भुटान सरकारको प्रधानमन्त्री कार्यालयले गरेको घोषणा अनुसार १० देखि २० वर्षको अनुभव भएका शिक्षकको तलब ३५ र २० वर्षभन्दा बढी अनुभव भएका शिक्षकको तलब...

नयाँ बसपार्कमा ९० रोपनी जग्गा अतिक्रमण [ विवरण सहित ]

काठमाडौँ — यातायात विभागका महानिर्देशक कुमार दाहालले बसपार्कमा प्रयोजनअनुसार काम नभएको बताए । ‘उद्देश्य एउटा, प्रयोजन अर्कै भएको छ, बस पार्किङ गर्ने स्थान छैन,’ उनले भने, ‘करिब ७० रोपनी जग्गामा मात्र पार्किङ बनाएको छ । बसपार्क अतिक्रमण भएको छ ।’ गोंगबुस्थित नयाँ बसपार्कको १ सय ६५ मध्ये करिब ९० रोपनी जग्गा व्यक्तिगत प्रयोजनका लागि अतिक्रमण भएको छ । उपत्यका भित्रिने/बाहिरिने बस पार्किङका लागि छुट्याइएको...

प्लास्टिकको भाँडामा ढुवानी हुने दूध स्वास्तको लागि हानिकारक [ पुरा पढ्नु होस् ]

निर्देशिकाअनुसार प्लाष्टिकको भाँडामा दूध बोक्न तथा भण्डारण गर्न पाइने छैन भने बासी दूध पनि बिक्री गर्न पाइने छैन ।सरकारद्वारा जारी दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ कार्यान्वयनमा कठिनाइ देखिएको छ । उनले भने, “आठ हजार लिटर दूध सङ्कलन हुन्थ्यो, अहिले करीब दुई हजार ५०० लिटर मात्रै आउँछ, अझै केही निजी डेरीमा जाने बुझियो ।” उनका अनुसार सेन्टरमा विशेषगरी कृषि...

अब नेपालमै पेट्रोल उत्पदन हुने !!

प्रतिनिधिसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले एक साताभित्रै पेट्रोलिमय पदार्थको उत्खननका लागि प्रक्रिया शुरु हुने जानकारी दिनुभयो । नेपाल र चीन सरकारबीच भएको सहमतिका आधारमा चिनियाँ प्राविधिक यहाँ आएका छन् । सरकारले दैलेख र पाल्पामा पेट्रोलियम पदार्थको उत्खननको प्रक्रिया शुरु गर्न लागेको छ । ती क्षेत्रमा रहेको पेट्रोलिमय पदार्थ उत्खननका लागि चिनियाँ प्राविधिकसमेत आइसकेका छन् । पहिलो...

इतिहासमा आजसम्म कसैले गर्न नसकेको यस्तो काम ट्रम्पले गरेर देखाए [भिडियोसहित]

काठमाडौं । यो भन्दा पहिले दुई देशका राष्ट्रप्रमुख अमेरिकाी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक किम जोङ उनका बीचमा सिंगापुर र भियतनाममा भेट भइसकेको छ । लामो समय देखि अमेरिका र उत्तर कोरिया बीचको सम्बन्धमा सुधार आउन सकेको छैन । यो बीचमा सम्बन्ध विस्तारका लागि अनेक प्रयत्नहरु नभएका भने पनि होईनन् । भेटको पुरानो शैलीलाई परिवर्तन गर्ने बहानामा...

एनआईसी एशिया बैंकले खुल्यो जागिर, +2 सकेकालाई पनि अवसर

काठमाडौ ।बैंकले उपत्यकाभित्रका विभिन्न शाखा कार्यालयका लागि ५० जना शाखा प्रबन्धक मागेको छ । एनआईसी एशिया बैंकले विभिन्न पदका लागि एकै पटक ४ सय जना कर्मचारीको माग गरेको छ । यस पदका लागि स्नातकोत्तर गरी कम्तिमा पनि १० वर्षको कार्यानुभव हुनु पर्ने बैंकले जनाएको छ। बैंकले यसअघि ८६ जना कर्मचारीको माग गरि खुलाएको विज्ञापन म्याद सकिने बित्तिकैे थप ४...

भक्तपुर हत्या काण्ड ३ हत्यारा २४ घण्टा भित्र पक्राउ [ भिडियो सहित ]

काठमाडौं । भक्तपुरको चाँगुनारायणमा सावित्री भट्टराईको ह**त्या आफ्नै छोरीले प्रेमीसँग मिलेर गराएको खुलासा भएको छ ।ह**त्यामा संलग्न भएको आरोपमा सिरहा विष्णुपुर घर भई हाल भक्तपुर पुरानो ठिमी बस्दै आएका २३ वर्षीय मोहम्मद नैसाद, भारत जनक भगत ईडीका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार, भारत मधुमनी रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिश र मृ**तककी कान्छी छोरी २७ वर्षीय ईश्वरी...

गोलि हाना हान भय पछि पुग्यो सेना को तिन हेलिकप्टर [इस्तिती गम्भीर]

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता र गस्तीमा रहेको प्रहरीबीच सिलिचोङ गाउँपालिका–१ होयङमामा सोमबार बिहान गोली हानाहान भएपछि सेनाका तीनवटा हेलिकोप्टर पुगेका छन्। तीनै हेलिकोप्टरबाट काठमाडौँबाट सशस्त्र र नेपाल प्रहरीका ५० जना भन्दा धेरै सिपाहीँ सिलिचोङमा उतारिएको छ।काठमाडौंबाट पुगेका नेपाली सेनाको हेलिकोप्टरले गोली हानाहान भएको सिलिचोङको क्षेत्रमा हवाई गस्ती गरिहेका छ। स्रोतका अनुसार सशस्त्र प्रहरी निरीक्षक उमेश थापा र नेपाल प्रहरीका...

के तपाई जारको पानी पिउनुहुन्छ ? पिउनुहुन्छ भने एकपटक अवश्य पढ्नुहोस् !!

काठमाडौं ।पानीको जारभित्रै डेंगु रहेछ भनेपछि स्थानीयको भीड लागेको थियो । खानेपानी सुद्ध भएन भने हामीले अनेकौ समस्याहरुको सामाना गर्नुपर्ने हुन्छ।खानेपानीका कारण स्वास्थ्य सम्बन्धी रोगहरु विशेष गरेर सर्ने भन्दा नसर्ने रोगहरुको आतंक धेरै देखिएको छ । उनले भने, ‘बिहानै किनेको पानीमा केटाकेटीले यहाँ त मच्चड छिरेको रहेछ भनेपछि आफूले देखेको र स्थानीयलाई खबर गरें, सबै भेला भएर हेर्दा मच्छड देखियो...

सुनको मूल्य ५ सय घट्यो

सुन आज प्रतितोला ५ सय रुपैयाँ घटेको छ। अघिल्लो दिन ६५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन आज ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ। जेठ १५ गते प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।अन्तर्रा्ष्ट्रिय बजारमा पनि सोमबार सुनको मूल्यमा सामान्य कमी आएको छ। यद्यपी एक महिनामा सुनको मूल्य ५ हजार...

आमा-बाबु दुबैले छोडे, ठुलो भएर ऋण तिर्छौ भाइलाई बचाउनुहोस्’

काठमाडौ । बाबुलाई जन्मदिने आमाको अनुहारपनि याद छैन । सुक्क–सुक्क गर्न बाहेक केही बोल्न सक्दैनन् । उनी ब्लड क्यान्सरले निक्कै थलिएका छन् ।उनका दाजुपनि सानै छन् । छेउमा बसेका छन् । बारम्बार सुम्सुम्याउछनु । आमा बाबु जिउँदै भएपनि टुहुरा, बेसाहारा बनेका यी नेपाल आमाका सन्तानमा अब ठूलो विपत्ति आइलाग्यो । सानै उमेरदेखि छोडेर अन्यत्र छन् । यस्तै दुखियाको घरमा बज्रपात...

भारतीय जनताले भन्न थाले जनताको सेवा कसरी गर्नुपर्छ नेपालका प्रधानमन्त्रीबाट सिक्नुहोस !

काठमाडौ । भारतका विभिन्न राज्यहरुबाट नेपालमा फलफुल तथा तरकारी आउने गरेको थियो । हप्तौदेखि सीमामा भारतीय ट्रक रोकिएपछि आफुसँग भएको पैसा सकिएको भन्दै चालकहरुले दुःखेसो पोख्दै आएका छन् ।नेपाल सरकारले उठाएको यस कदमलाई धेरै भारतीयहरुले सकारात्मक भनेका छन् । नेपालले भारतीय तरकारी र फलफुलका विषादी मिसिएको भन्दै सीमाबाट फिर्ता गरिदिएपछि भारतमा रुवाबासी देखिएको छ । भारतीय मिडियाहरुले नेपालको नयाँ नियम...

पेट लाग्यो ? खानथाल्नुहोस् यी खानेकुराहरु

बजारमा पाइने धेरैजसो उत्पादनमा केमिकलको प्रयोग गरिएको हुन्छ जसले तपाईंको शरिरलाई फाइदाभन्दा बढि बेफाइदा पुर्याएको हुन्छ । यस्तोमा तपाईं बढिरहेको बोसोलाई घटाउनका लागि प्राकृतिक तरिका अपनाउनु लाभदायक हुन्छ । ग्रीन टीः पछिल्लो केही वर्षमा ग्रिन टी निकै लोकप्रिय भइसकेको छ । ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ जसले शरिरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्दछ । लसुनः लसुन एक प्राकृतिक एन्टी बायोटिक र...

खाना खय पछि यी कम गर्नु हुन्छ भने बोक्नुहुँदैछ रोग [ पुरा पढ्नुहोस् ]

काठमाडौँ | राति ढीला सुत्दा मानिसहरुमा खाना खाने बानी पनि ढीलो हुन थालेको छ । यसले मानिसको स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ ।अहिले बदलिंदो समयसँगै मानिसको जीवनशैलीमा पनि तिब्र रुपमा परिवर्तन आइरहेको छ । पहिले पहिले मनिसहरु बिहान छिटो उठ्ने गर्थे र राति छिटो सुत्थे, तर अहिले राति ढीला सुत्ने र विहानपनि ढीला उठ्ने बानी आधुनिक जीवनको पर्याय जस्तै...

बढी पानी पिउनु पनि हानिकारक [ पुरा पढ्नुहोस ]

सामान्यतः रगतमा सोडि यमको मात्रा निकै कम भयो भने कोषिकाहरुमा पानी रोक्ने शक्ति कम हुन्छ र शरीरले पानी थेगिराख्न सक्तैन । ५९ वर्षीया एक महिलामा देखिएको पिसाबको संक्रमण चाँडो रोक्न चिकित्सकहरुले बढी पानी पिउ ने र चाँडोचाँडो पिउने सल्लाह दिँदा त्यसको असर उल्टो भएको देखिएको हो ।रोगीहरुलाई बढीभन्दा बढी पानी पिउन चिकित्सकहरुले सल्लाह दिने गरेका छन् । कहिलेकाहीँ यसले...

यी समय बेथेको साग खान जान्नुभयो भने पाउनुहुनेछ यस्ता फाइदाहरु…

एजेन्सी । ।संसारका मानिसले यसको उपयोग तरकारी र खानाका रुपमा स्वास्थ्य लाभका रुपमा गर्छन् । यो अनेकौ औषधीय गुणहरुले भरिएको हुन्छ ।बेथे (एक प्रकारको तरकारी) दुई किसिमका हुन्छ, एक सामान्य हरियो पात भएको र अर्को रातो पात भएको हुन्छ । यसले खोकी लाग्ने समस्या र पित्तको नाश गर्छ जसले रक्त विकार टाढा हुन्छ यसकारण यसलाई विषदन नाम दिइएको छ ।...

संखुवासभामा प्रहरी र बिप्लव समूहबीच गोली हानाहान

संखुवासभा — प्रहरी र नेत्रविक्रम चन्द समूहका कार्यकर्ताहरुबीच गोली हानाहान भए पनि कुनै क्षति भने नभएको प्रहरीले बताएको छ । सिलिचोङ गाउँपालिका १ सिसुवाखोलाको हेयाङ्ला भन्ने स्थानमा सोमबार बिहान प्रहरी र नेत्रविक्रम चन्द समूहबीच गोली हानाहान भएको छ । प्रहरीले जवाफी फायरिङ गरेपछि चन्द समूहका कार्यकर्ता भागेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको पैदल...

सवारी दुर्घटनाहुदा , ३३ जनाको मृत्यु

किश्तवाडका प्रहरी उपआयुक्त अंग्रेज सिंह रानाले यात्रुवाहक बस खोंचमा झरेर दुर्घटनाग्रस्त भएको जानकारी दिए।भारत प्रशासित जम्मु काश्मिरको किश्तवाड जिल्लामा सोमबार बिहान भएको एक सवारी दुर्घटनामा ३३ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका छन्। केशवनबाट आइरहेको यात्रुवाहक बस भिरालो सडकमा अनियन्त्रित भई खोंचमा झरेको प्रारम्भिक अनुसन्धानमा देखिएको पनि रानाले बताए। घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ । (रासस-एएनआई)

मेलम्चीको पानी एक वर्षपछि मात्रै

चरणवद्ध रूपमा ठेक्का प्रक्रिया अघि बढाइएको भए पनि राजधानीका धारामा मेलम्चीको पानी झर्न एक वर्ष कुर्नु पर्ने खानेपानी मन्त्रालयले जनाएको हो। बहुचर्चित मेलम्ची खानेपानी आयोजनाका लागि राजधानीबासीले अझै एक वर्ष कुर्नुपर्ने भएको छ। ‘मेलम्चीको पानी अर्को आर्थिक वर्षमा मात्रै सम्भव छ, त्यो पनि चरणवद्ध थालिएको ठेक्का प्रक्रियामा निर्माण कम्पनीले बिनाअवरोध काम गर्न पाए मात्रै,’ खानेपानी सचिव दीपेन्द्रनाथ शर्माले सेतोपाटीसँग भने,...

नेपाल टेलिकमले ल्यायो यस्तो नि:शुल्क सेवा, कसरी लिने त ?

असार १६ काठमाडौ । नेपाल टेलिकमले विश्वव्यापी विकास संस्था भियामो सँग साझेदारी गरेर ‘एन टि सूचनाको संसार’ सेवा येही आइतबार बाट उपलब्ध गराएको छन् । यो एक प्रकारको कल–इन सिष्टम हो, जसमा नेपाल टेलिकमको मोबाइल बाट कल गरेर कुनै पनि समाचार, कृषि, स्वास्थ्य, मौसम, प्राकृतिक विपत् सम्बन्धी सबै जानकारी निःशुल्क रुपमा पाउन सकिने भनिएको छ । नेपाल टेलिकमको कुनै पनि मोबाइलबाट...

टमाटर खान जान्नु भएन भने लिनेछ ज्यान [ सचेतनाका लागि पढ्नुहोस् ]

काठमाडौं । टमाटर खानुका फाइदाहरुमा यसले हाम्रो शरीरमा रगत उत्पादन गर्ने कुरामा सहयोगी भुमिका खेल्न सक्छ । तर धेरै खाँदा यसले हाम्रो स्वास्थ्यमा असर पनि गर्ने गर्दछ । पछिल्ला दिनहरुमा बजारमा टमाटर महंगो हुँदै गएको छ । नेपाल अहिले पनि नेपालीहरुको माग पुर्तिका लागि बाहिरबाट टमाटार ल्याउन बाध्य भएको छ । १.अहिले बजारमा आर्कषक देखाउनको लागि अनेकथरी विषादी मिलाएर टमाटर...

म:म खानु शरीरका लागि खतरनाक [ भेटियो यस्तो रोग ]

काठमाडौं – नेपालीहरुले पैसा, स्वाद र सन्तुष्टिका हिसावले कुनै एक उत्कृष्ट खाजाको नाम लिन लगाए उनिहरुको मुखबाट म.म. आउने गरेको छ । बजारमा पाइने धेरै प्रकारका परिकारहरु मैदाबाट बनेको पाउँछौं मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर हुँदैन । मैदालाई सेतो तथा चमकदार बनाउन बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि हानिकार हुन्छ । मैदा खाँदा शरीरमा...

आज देखि यी रुटमा चल्नेछन् साझाका नयाँ सिटी बस

असार १६ गते देखि साझाका २० सिटी बस सञ्चालनमा आउने भएका छन्। साझाले यी बसहरुको रुटसमेत पाइसकेको प्रवन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए। साझाका नयाँ २० बस मध्ये ६ वटा बस नयाँबसपार्क– बालाजुचोक–बनस्थिली–स्वयम्भु–कलंकी–त्रिपुरेश्वर–रत्नपार्क–नयाबानेश्वर–कोटेश्वर–जडिबुटी–पेपसीकोला–पुरानोठिमी–भक्तपुरव्यासी–कमल विनायक –च्यामासिङ–जगाते हुदै सुर्यविनायक पुगेर सोही रुट फर्कनेछ। त्यसैगरी अर्को ८ ओटा बस नयाबसपार्क–बसुन्धारा–नारायणगोपाल चोक–चण्डोल–सुकेधारा–चाबेल–गौसाला–एयपोर्ट सिनामंगल– नायाबानेश्वर–थापाथली–कुपण्डोल–जावलाखेल–लगनखेल हुदै सोहीबाटो फर्किनेछ।त्यस्तै अर्को ६ वटा बस नयाँबसपार्क– बालाजुचोक–बनस्थिली–स्वयम्भु–कलंकी–त्रिपुरेश्वर–रत्नपार्क–नयाबानेश्वर–कोटेश्वर–जडिबुटी–कौशलटार–राधेराधे –कटुङ्जे चोक–सुर्यविनायक च्यामासिङ–कमल...

यस्तो भयानक योजना र पेस्तोलसहित ३ जना पक्राउ !!

(सुनसरी) — पक्राउ परेका विजय राई ५ वर्षसम्म सशस्त्र प्रहरीका भगौडा हुन् प्रहरीले २ थान अटोमेटिक पेस्तोल, गोलीसहित बिहीबार धरानबाट तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा धरान–१५ सदन स्कुल नजिकै बस्ने ३९ वर्षीय सरोज गुरुङ, भोजपुर आमचोक ६ का २९ वर्षीय विजय राई र भोजपुरको हतुवागढी २ का ३१ वर्षीय सुरेश राई छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख...

फ्लुका कारण २ सय २० भन्दा बढीको मृत्यु !!

अस्ट्रेलिया —यस वर्ष फ्लुका कारण २ सय २० जनाभन्दा बढीको मृत्यु भएको छ । अस्ट्रेलियाका सबै राज्यहरुमा अहिलेसम्म २ सय २८ जनाले फ्लुका कारण ज्यान गुमाइसकेका छन् भने यो संख्या अझ बढ्न सक्ने विज्ञहरुले बताएका छन् ।१ लाख बढी व्यक्तिहरु संक्रमित बनेका छन् । मृत्यु हुनेहरुको संख्या गत वर्षको भन्दा धेरै रहेको र हरेक साता यो संख्या बढिरहेको राज्य तथाटेरिटोरीका...

आज – १५ आषाढ २०७६ आइतवार को राशिफल !!

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विद्या तथा प्रतिश्पर्धामा सफल भईनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । प्रेमीको सहयोग पाईनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)परोपकारी कार्यमा संलग्न भइनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । सिंह सिंह (मा, मि,...

बजेटमा पहुँचवाला मन्त्रीको एकलौटी: सुदूरपश्चिम प्रदेश

योजनाको असमान वितरण गर्नुका साथै अर्थ विविध शीर्षकमा अर्बौं बजेट छुट्याएर मनलागी गर्ने बाटो बनाएको भन्दै सांसदले विरोध गरेका छन् । असार १५, २०७६अर्जुन शाह, तृप्ति शाही धनगढी र बैतडी — असन्तुलित एवं अपारदर्शी बजेट ल्याएको भन्दै आक्रोशित प्रमुख प्रतिपक्षी दल कांग्रेस र राजपाले प्रदेशसभा परिसरमै रातो किताब जलाएर लगातार अवरोध गरेपछि दुई सातासम्म प्रदेशसभाको बैठक चल्न सकेको छैन । त्यसैमा सत्तारुढ दल नेकपाकै...

२०७६ साल असार १६ गते सोमबार ! श्री हलेसी महादेवको दर्शन गरी हेर्नुहोस् राशिफल…..

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् रहनेछ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । आँटेको र ताकेको कार्य पुरा होला । आदर्श ब्यक्तिको सहकार्यले...

भर्खरै गोलि चल्यो। स्थिति तनावग्रस्त

काठमाडौँ – शनिबार गिट्टी बालुवा निकाल्न खनिएको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएपछि आइतबार सर्लाही तनावग्रस्त भएको छ।भर्खरै गोलो चल्यो। प्रहरीको गोली लागेर एक जनाको मृत्युसर्लाहीमा स्थानीवासी र प्रहरीबीच झडप, एक जनाको मृत्यु स्थानीयले पूर्व-पश्चिमा राजमार्ग अवरुद्ध गर्न खोजेपछि झडप भएको बताइएको छ।झडपको क्रममा प्रहरीको तर्फबाट गोली समेत चलेको छ।सर्लाहीको ईश्वरपुर नगरपालिका १३, गौरीशंकरमा रहेको बाँके खोलामा गिट्टी बालुवा निकाल्न...

‘स्मार्ट’ चालक अनुमतिपत्र पुन छपाइ हुँदै

१५ असार, काठमाडौँ l निजी कम्पनीले छपाइ गर्दा स्पस्ट नबुझिने कार्ड छापेपछि यातायात व्यवस्था विभागले झण्डै १३ हजार कार्ड पुनः छपाइ गर्न थालेको छ । निजी कम्पनीले रङ्गीन कार्ड छाप्दा फोटो र विवरण नबुझिने छापेपछि पुनः छपाइ शुरु भएको हो । उनका अनुसार यी कार्डमध्ये कुनैमा फोटो त कुनैमा नाम, रक्त समूह, ठेगानालगायतका विवरण स्पस्ट थिएनन् । तीमध्ये अधिकांश कार्ड...

एसइईमा ‘ए प्लस’ नआएको कारण किशोरीले गरिन् आत्महत्या

काठमाडौं चन्द्रागिरी नगरपालिका १२ बलम्वु दूरसञ्चार नजिकै एसइई परीक्षाको नतिजाका कारण एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन्। परिवारलाई उद्धृत गर्दै महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शंकर खड्काले एसइईमा ए प्लस नतिजा नआएपछि आत्महत्या गरेको हुन सक्ने बताए।अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नम्बर ७ घर भई चन्द्रागिरी १२ बलम्वु दूरसञ्चार श्री बलम्वु माविबाट यस वर्ष एसइई परीक्षा दिएकी सदिक्षा पौडेलले झुण्डिएर...

जान्नुहोस् कस्तो भागमा कोठी हुदा राम्रो हुन्छ !!

सबै मानिसहरूको शरीरमा काहीँ न काहीँ त पक्कै पनि कोठी हुन्छ र यी कोठीहरुको फरक फरक अर्थ हुने गर्दछ तर शास्त्रका अनुसार शरीरको यस्ता भागहरुमा कोठी भएमा त्यस व्यक्तिसंग कहिले पनि रुपैयाँ नरहने विश्वास गरिन्छ । हेर्नुहोस् यी भागहरु जहाँ कोठी भएमा पैसा टिक्दैन । बायाँ गालामा कोठी जस व्यक्तिको बायाँ गालामा कोठी हुन्छन् त्यस्ता व्यक्तिको आम्दानीको स्रोत बढी नै हुने...

जान्नुहोस रक्सीसँग खानै नहुने यी चिजहरु

मानिसहरू रक्सीसंग जे पायो त्यही खान्छन् तर त्यसले असर गर्छ भन्ने थाहा छैन। जसले गर्दा हाम्रो स्वास्थ्यमा नराम्रो असर गरिरहेको हुन्छ । त्यसैले यी चिजहरु रक्सीसंग कहिल्यै पनि खानु हुँदैन । – मानिसहरूले मदिरासंग सन्याक्स खाने गर्छन् । यसमा कोलेस्ट्रोलको मात्रा धेरै हुनले जसले गर्दा भोक लाग्न दिँदैन र शरीरलाई भारी बनाउने गर्छ । – धेरै जसो मानिसहरू मदिरासँग गुलियो चिज...

बाबुराम भट्टराई गोरखामा बने हली

गोरखा । नेपाली समाजमा मान्यता छ, असार १५ मा हिलोमा एक पटक पस्नु पर्छ । यही मान्यतालाई मान्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि राष्ट्रिय धान दिवसको अवसरमा आफ्नो गृह जिल्ला गोरखामा रोपाइँमा सामेल भएका छन् । समाजवादी पार्टी संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराई हाफ पाइन्ट छत्रे टोपी लगाएर रोपाइँमा सहभागी भएका हुन् । उनले हलो जोत्ने, बाउसे गर्ने र धानसमेत...

स्थानीयले सडकमै धान रोपेर विरोध जनाए

आज असार १५ गते अर्थात् धान दिवस। धान दिवसका दिन कृषकहरू हर्सोउल्लासका साथ खेतमा गएर धान रोपेर मनाउँदै आइरहेको जताततै देख्न पाइन्छ तर, झापा बिर्तामोडका व्यापारी र स्थानीयहरूले आइतबार धान दिवस फरक ढंगले मनाएका छन्। सडकको धुलो र हिलोबाट पीडित बिर्तामोडका व्यापारी र स्थानीयले निर्माण कार्यमा ढिलासुस्ती भएको भन्दै पानी जमेको हिलाम्मे सडकमै धान रोपेर विरोध जनाएका छन्।उनीहरू खेतमा नगएर...

दस दिनमा झण्डै २२ तोला सुन लुटियो

एकाबिहानै मर्निङ वाकमा निस्कने र त्यसपछि तरकारी किन्न जाने महिलहरूलाई लक्षित गरी सुनको सिक्री लुटपाट गर्ने गरेको पाइएको छ। दाङको घोराही बजार क्षेत्रबाट दस दिनको अवधिमा झण्डै २२ तोला सुन लुटिएको छ। यसरी निवेदन दिन जानेमध्ये अधिकांश पीडित महिला आफैं छन् भने कतिपयका पति र छोराको सुन लुटपाट भएको भन्दै सुन खोजी गरिदिन निवदेन दिएका छन्।असार ३ देखि १३ गतेसम्मको...

भक्तपुरमा दिन -दहाडै एक सावित्री को घाँटी रेटियो !!

आइतबार दिउँसो आर वान फाइप मोटरसाइकलमा चढेर आएका ३ जना युवाको समूहले खरिपाटी बस्ने ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ।मोटरसाइकलमा आएका युवाले भक्तपुरमा महिलाको घाँटी रेटेर हत्याकाठमाडौं : भक्तपुरको खरिपाटीमा एक महिलाको घाँटी रेटेर हत्या भएको छ। आइतबार दिउँसो आर वान फाइप मोटरसाइकलमा चढेर आएका ३ जना युवाको समूहले खरिपाटी बस्ने ६० वर्षीया सावित्री...

सेप्टिक ट्यांकमा निसास्सिएर मोरङमा चार जनाको मृत्यु

प्रहरीका अनुसार सुनवर्षी नगरपालिका-९ डायनियास्थित मस्जिदको सेप्टिक ट्यांकको ढलानको काठको सेटिङ खोल्न छिरेका सात मजदुरमध्ये चार जनाको मृत्यु भएको हो।सेप्टिक ट्यांकभित्र निसास्सिएर मोरङको सुनवर्षी नगरपालिकामा शनिबार चार जनाको मृत्यु भएको छ। घाइते भएका ४० वर्षीय दाउद मियाँ, ४८ वर्षीय हेमन्त मियाँ र ४० वर्षीय डाम्रा मियाँ उपचारपछि घर फर्केका छन्। प्रहरीका अनुसार मृत्यु हुनेमा सोही नगरपालिकाका २० फिरोज आलम, २५...

पोखराको पृथ्वीचोकमा ढलले बगाएर एक जना बेपत्ता !!

पोखराको पृथ्वीचोकमा ढलले बगाएर एक जना बेपत्ता भएका छन्। साँझ ७ बजेतिर सेतो सर्ट, कालो पाइन्ट र पछाडि झोला बोकेका एक युवालाई बगाएको स्थानीय माछा पसलका सञ्चालक किशोर शाहले बताए। शुक्रबार साँझ पानी परेपछि पोखराको प्रवेशद्वार पृथ्वीचोक नजिकैको बाटो काट्ने क्रममा ढलले बगाएर एक जना बेपत्ता भएको स्थानीयले बताए। ढलमा परी बगाएको अवस्थामा एक स्कुटर चालक र दुई जनाको उद्धार गरेको...

यस कारण विषादी परीक्षणमा शंका उत्पन्न भयो !!

काठमाडौँ— कैलालीको अत्तरियास्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालामा परीक्षणपछि शुक्रबार सांँझ कञ्चनपुर भन्सार कार्यालयले १० ट्रक फलफूल र तरकारी छाड्यो । भन्सार कार्यालयबाट महेन्द्रनगर बजार नपुग्दै ६ ट्रक विद्यार्थी नेताहरूले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा बुझाए । अत्तरियामा स्तरीय उपकरणविनै गरिएको परीक्षण भरपर्दो नहुने उनीहरूले बताए । उनीहरूले अत्तरियामा गरिएको परीक्षण विश्वसनीय नभएको भन्दै कालीमाटीमा पुनः परीक्षण गरिनुपर्ने माग गरेका हुन् । ‘अत्तरियाको...

सावधान :यदि तपाई माछा खानु हुन्छ भने एकैछिन रोकिएर यो पढ्नुहोस् !

काठमाडौँ। श्रेष्ठको छोराको भात खुवाइको अवसरमा बिहीबार आयोजित भोजमा सहभागी भएका स्थानीय शनिबार एकैपटक बिरामी परेका हुन् ।भानु नगरपालिका–तीन खहरे निवासी धनराज श्रेष्ठको छोराको भात खुवाइमा भोज खाएका ४१ जना बिरामी परेका छन् ।“अन्य खानेकुरा खाएका स्थानीयवासीलाई केही असर छैन,” श्रेष्ठले भन्नुभयो, “माछा खाएका स्थानीयवासी मात्रै बिरामी परेका छन् ।” भोजमा माछा खाएका जति बिरामी परेको भानु नगरपालिका–३ का...

रोजगार कार्यक्रममा भागबन्डा !!

काठमाडौँ — असार पहिलो सातासम्म पनि कतिपय योजनामा उपभोक्ता समिति गठन भइरहेछन् ।चालु वर्षकै योजना भद्रगोल छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका योजना भर्खर बन्न थालेका छन् तर स्थानीय तहहरूलाई ती योजना कार्यान्वयनभन्दा पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न भ्याइनभ्याइ छ । बहुमत नभएका स्थानीय तहमा राजनीतिक दलबाट निर्वाचित प्रतिनिधिबीच भागबन्डाका आधारमा बजेट प्रस्तुत भएका छन् । एउटै दलको बहुमत...

सूचना प्रविधि विधेयक [ यस्तो आयो नया विधेयक ]

काठमाडौँ — सञ्चारमाध्यम र सामाजिक सञ्जालमा लेख्नेलाई पक्राउ गर्नका लागि दुरुपयोग हुँदै आएको विवादित प्रावधानलाई सूचना प्रविधि विधेयकमा सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई थप खुम्च्याउने प्रयास गरेको छ । विद्युतीय कारोबार ऐनको यो बुँदा हटाउन पत्रकार महासंघसहितका सरोकारवालाले लामो समयदेखि माग गर्दै आएका छन् । अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन प्रयोग हुँदै आएको दफा हटाउन माग भए पनि सरकारले तयार पारेको सूचना प्रविधि विधेयकमा यसलाई...

जनप्रतिनिधि बने सुविधाभोगी [ यस्ता छन् सुविधाहरु ]

काठमाडौँ — सादा जीवनशैली र भूमिहीनका पक्षमा वकालत गरिन् । बर्दियाको बारबर्दिया नगरपालिकाकी उपप्रमुख अञ्जु दहितले सशस्त्र द्वन्द्वका बेला कष्टकर जीवन बिताइन् । आफ्ना नाममा केही सम्पत्ति नभएकी उनले शान्ति स्थापनापछि भने घरघडेरी जोडेकी छन् । बारबर्दिया–११, फचकवाकी उनीसँग पुर्ख्यौली ७ कट्ठा जग्गा छ तर बाँकेको कोहलपुरमा सुकुम्बासीका नाममा १० धुर जग्गा प्राप्त गरेकी छन् । त्यसबाहेक कोहलपुरमा दुई तलाको घर किनेकी छन् । जनप्रतिनिधि बनेपछि...

प्रधानमन्त्रीको अपिल; कृषिलाई व्यवसायिक र औद्योगिक बनाउन

काठमाडौ ।आज राष्ट्रिय धान दिवसको अवसरमा सम्पूर्ण किसानहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले निर्वाहमुखीबाट व्यवसायिक र औद्योगिक बनाउन सरकार तत्पर रहेको भन्दै सहयोगका लागि अपिल गर्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई व्यवसायिक र औद्योगिक बनाउन आम नागरिकमा अपिल गर्नुभएको छ । उहाँले कृषिलाई आधुनिकीकरण गर्ने सरकारको कार्यक्रम छ, यसलाई सफल पारी उत्पादन र उत्पादकत्व बढाऔँ, ट्विटमार्फत दिएको शुभकामना सन्देशमा...

ओली सरकारले भ्रमणमै खर्चियो अढाइ अर्ब

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक वर्षको १० महिनामा भ्रमण शीर्षकमा करिब २ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको पाइएको छ । हाल आर्थिक वर्षका लागि भ्रमण (विशिष्ट व्यक्तिको भ्रमण र प्रतिनिधिमण्डलको खर्च समेत) १ अर्ब ८३ करोड रुपैयाँ भएकोमा सो रकम पुष नलाग्दै सकी सकिएको थियो । महालेखाका अनुसार पुस मसान्तसम्म भ्रमण खर्च गरे बापत २ अर्ब २०...

आज – १५ आषाढ २०७६ आइतवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । स्वास्थ्य सबल रहनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यात्रा गर्ने अवसरपनि प्राप्त...

प्रधानमन्त्री ; “दशैंपछि सरकारको आलोचना गर्ने ठाउँ नै हुँदैन”

ए। कामका बारेमा भन्‍न नपाउँदा आलोचना भइरहेको भन्दै उनले दशैंसम्ममा आलोचना गर्ने ठाउँ नै बाँकी नरहने दाबी गरे।प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंसम्ममा सरकारमाथिको आलोचना समाप्त हुने बताएका छन्। सरकार काममा व्यस्त भएका कारण जनतालाई जानकारी गराउन नपाएकाे उनले बताय हजार किलोमिटरभन्दा बढी सडक स्तरोन्‍नति भएको उनले जानकारी दिए। सरकारले द्रुत गतिमा काम गरिरहेको दाबी गर्दै उनले थपे, ‘गएको वर्ष र...

काठमाडौँबाट एक वर्षमा १५ सय मानिस हराए [यस्तो छ डरलाग्दो रहस्य]

काठमाडौँ टोखाकी १५ वर्षीया किशोरी विगत १० दिनदेखि हराइरहेकी थिइन्। सुरुमा परिवारले आफन्त र छिमेकमा बुझे । फेला पारेनन् । उमेर नपुगीकनै छोरी किशोरसँग हिँडेपछि बाबुआमा चिन्तित नहुने कुरै भएन। एसईई दिएर बसेकी छोरी हराएपछि अभिभावकले उनका साथीसँग बुझे। उनी एक किशोरसँग भारतको उत्तर प्रदेश पुगेको सूचना आयो । घटना महानगरीय प्रहरी परिसर टेकुसम्म पुग्यो। प्रहरीले कल लोकेसनका आधारमा...

दुई लाख रुपैयाँ घुससहित सिँचाइ कार्यालय प्रमुख पक्राउ

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कञ्चनपुरका डिभिजन प्रमुख अजितकुमार श्रीवास्तव र इञ्जिनियर गृष्मा ठगुन्नालाई अख्तियार टोलीले २ लाख घुससहित बिहीबार पक्राउ गरेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई लाख घुससहित दुई जनालाई पक्राउ गरेको हो । उपभोक्ता समितिको काम सहजीकरण गरिदिने भन्दै उनीहरू घुस मागेका थिए।

व्यापारीलाई चिठ्ठा खेलाउने १ जाना पक्राउ

वडा प्रहरी कार्यालय भद्रपुरले चेकजाँचको क्रममा भद्रपुर ६ स्थित भानुनगर नजिकैबाट दार्जिलिङ डेङगुजोतका २८ वर्षीय मोहमद एनसउललाई पक्राउ गरेको होभद्रपुरका व्यापारीलाई चिठ्ठा खेलाउने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। कारोबारीले भद्रपुर, चन्द्रगढीका विभिन्न पसलका व्यापारहरुलाई झुक्याउँदै चिठ्ठा बिक्री गर्ने गरेको डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।जिल्ला प्रहरी कार्यालयका अनुसार उनको साथबाट प्लाष्टिकको झोलामा लुकाइ रहेको वेस्ट बङ्गाल र नागाल्याण्डको १...

दूतावास; बिनोदलाई मृत्युदण्ड दिने खवर हल्ला मात्र हो [ यस्तो छ कारण ]

भारतीय नागरिकको हत्यामा दोषी ठहरिएका चितवनका बिनोद रानाभाटलाई मृत्युदण्ड हुने खबर हल्ला मात्र भएको कतारस्थित नेपाली दूतावासले स्पष्ट पारेको छ।रानाभाटलाई मृत्युदण्डको सजाय नदिइएको दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। बैदेशिक रोजगारीमा रहँदा सम्झौता अनुसारको काम गरिरहेका रानाभाटलाई भारतीय कामदारले आक्रमण गरेकोमा ज्यानको सुरक्षाका लागि प्रतिकार गर्दा भारत सनैयाका अर्का कामदारको मृत्यु हुन पुगेको थियो। ब्लड मनी भुक्तान गरेपछि रानाभाट जेलमुक्त...

अण्डाको मूल्य बढ्यो, हेर्नुहोस् नयाँ मुल्य कति !

काठमाडौँ । नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्य वृद्धि गरेको छ। सङ्घले शनिबारदेखि लागू हुने गरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट रु २५५ र मध्यम अण्डाको प्रति क्रेट रु १७० कायम गरिएको सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए। अण्डाको भाउमा गिरावट आएसँगै लेर्यस कुखरापालक लागत मूल्यभन्दा कममा अण्डा बिक्री गर्दै आइरहेका थिए। सङ्घका अध्यक्ष...

बियर र केकसँग मनाइन् करिश्माले एसईई पास भएको खुशी

काठमाडौं ।यस बर्षको एसएलसी परिक्षार्थीमा मानन्धर एक आकर्षक व्यक्तित्व थिइन् । अभिनेत्री करिश्मा मानन्धर जीवनको उत्तरार्ध लाग्न आँट्दा माध्यमिक शिक्षा परिक्षा (एसईई)मा ३ जिपिए ल्याएर ‘बी प्लस’मा उत्तिर्ण भइन् । मानन्धरलाई परिक्षामा उत्तिर्ण भएकोमा राजनीतिक, सामाजिक र फिल्मकर्मीको बधाई पनि ओइरियो । उनी आफैंले भने, उत्तिर्ण भएको खुशीयाली केक काटेर र वियर पिएर मनाएको तस्बिर पनि सार्वजनिक भएको छ । तीन...

विमानस्थल सङ्कटकालीनको पूर्वअभ्यास [फोटो फिचर]

हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गरिएको हो।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आज ‘विमानस्थल सङ्कटकालीन’ पूर्व अभ्यास सफलतापूर्वक सम्पन्न गरेको छ।यो अभ्यासका क्रममा विमानस्थल दिउसो आधा घण्टा बन्द गरिएको थियो। बोइङ ७५७ जहाजको ‘डमी’ बनाएर विमानस्थलको ‘ट्याक्सी वे’ क्षेत्रमा आपत्कालीन उद्धारको अभ्यास गरिएको थियो। यो अभ्यासमा दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा विमानस्थल...

अवरुद्ध राजमार्ग सञ्चालनमा !!

धादिङ — शनिबार बिहान परेको पानीले गल्छिको गर्दो खोलादेखि बैरेनी महेश दोभानसम्म करिब डेढ किलोमिटर राजमार्गमा लेदो र बालुवा पसेको थियो । बालुवा र लेदोले शनिबार बिहानैदेखि अवरुद्ध पृथ्वीराजमार्ग ७ घन्टापछि सञ्चालनमा आएको छ । उक्त खानीले नियमित राजमार्ग अवरुद्ध गर्न थालेपछि बन्द गर्न स्थानीयबासीले माग गरेका छन्।हरेक वर्ष यसरी नै अवरुद्ध हुने गरेपछि सडक डिभिजनको गजुरीस्थित कार्यालयले स्थानीय तह,...

जमलमा भयो ‘भयानक’ दुर्घटना !!

काठमाडौं ।केशरमहलबाट जमलतर्फ गइरहेको बा ११ च ३६०४ नम्बरको कार बिहान ६ बजेतिर दुर्घटना भएको हो । चालकसहित कारमा ३ जना सवार थिए । दुर्घटनामा तीनै जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएका छन् । दुर्घटनामा कारको इन्जिन नै निस्किएको छ भने कार केही पर गएर उल्टिएको छ । उक्त कार...

पण्डित दिनबन्धु पोखरेललाई अमेरिकी सरकारले दियो मानार्थ नागरिकता

अमेरिकी सरकारले पण्डित दिनबन्धु पोखरेललाई मानार्थ नागरिकता प्रदान गरेको छ ।अमेरिकी सरकारले मानार्थ नागरिकता प्रदान गर्ने नेपाली संभवन पोखरेल पहिलो हुनुहुन्छ ।वासिङटन डिसीमा सप्ताहमा बाचनका लागि आइपुग्नुभएका पोखरेललाई सामाजिक कामको क्षेत्रमा पुर्याएको योगदानका लागि मानार्थ नागरिकता प्रदान गरिएको हो । सबैको जय होस । नारायण !’ मानार्थ नागरिकता ग्रहणपछि पण्डित पोखरेलले आफ्नो फेसबुक वालमा लेख्नुभएको छ । ‘कुनै चाहेर पनि...

स्वीमिङ पुलमा छल्केको स्वेताको सुन्दरता !!

ता खड्का नेपाली चलचित्र जगतकी निकै चर्चित नायिका हुन् । केहीसमय अघि अस्ट्रेलियामा बिदा मनाएर नेपाल फर्केकी स्वेता यतिबेला काठमाण्डौको गर्मी छल्न स्वीमिङ पूल पुगेकी छिन् स्वेता स्वीमिङ पुलमा रमाइरहका तस्बिरहरु निकै लोभलाग्दा छन् ।स्वेस्वेता स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठकी श्रीमती पनि हुन् । रातो रङको विकिनीमा उनि खुब खुलेकी छिन् ।

बालुवा उत्खनन रोक्न खोज्दा वडाध्यक्षमाथि हातपात !!

काठमाडौं । बाँकेको डुडुवा गाउँपालिका–४ का वडाध्यक्ष सगिर खानलाई हातपात गरी घाइते बनाउने दुई जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति जेसीबी लगाएर राप्ती नदीमा अवैध रुपमा बालुवा उत्खनन गरिरहेको सूचना पाएपछि उक्त कार्य रोक्न पुगेका वडाध्यक्ष खानमाथि कम्दीका स्थानीयवासीले आक्रमण गर्दा खान गम्भीर घाइते भएका थिए ।पक्राउ पर्नेमा भोला यादव र दिनेश यादव रहेका जिल्ला प्रहरी...

कारागारले भेट्टाएन ८८ वर्षीय थारूलाई राखिदिने हेरचाह केन्द्र !!

उच्च अदालतका न्यायाधीशहरूले यसपालि निरीक्षणमा जाँदा एकजना कैदी वृद्धलाई कारागारबाट हेरचाह केन्द्र (वृद्धाश्रम) पठाउन निर्देशन दिए पनि कारागारले भने पठाउन सकेको छैन। केन्द्रीय कारागारका जेलर वेदनिधि अधिकारीले हेरचाह केन्द्र पठाउन नसकिएको बताए। न्यायाधीश रामप्रसाद ओली र टेकनारायण कुवँरले जेठ १४ देखि १९ सम्मको निरीक्षणपछि सुन्धारास्थित केन्द्रीय कारागारको जगन्नाथ देवल जेलबाट बर्दियाका ८८ वर्षिय वेगाराम थारूलाई केयर सेन्टर पठाउन निर्देशन दिएका...

ट्रकमा महिलालाई लिफ्ट दिई बलात्कार गर्ने पक्राउ

व्यास नगरपालिका वडा नं १२ छिर्कनेस्थित पृथ्वीराजमार्ग सडक किनारामा ट्रक बिहीबारको बिहानी रात ०१:३० बजे रोकेर ती महिलालाई दुवै जनाले जबरजस्ती करणी गरे। बुधबार नवलपरासीबाट दमौलीसम्म आउँदै गरेको ना १ क ४३४९ नं को ट्रकका चालक र सह-चालकले १ जना महिलालाई नवलपुरस्थित डण्डा भन्ने स्थानबाट लिफ्ट दिए। जिल्ला तनहुँ ब्यास नगरपालिका वडा नं ३ बनबाटिका चौर नजिक उक्त ट्रक रोकी...

भन्सार छल्ने व्यापारी र एजेन्टविरुद्ध मुद्दा !!

नक्कली प्रज्ञापन पत्र बनाएर भन्सार छलेको अभियोगमा आयातकर्ता र भन्सार एजेन्टविरुद्ध राजश्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। राजश्व चुहावट गरेको दुई करोड ३२ लाख २१ हजार ५८९ रुपैयाँको दोब्बर रकम जरिवाना र तीन वर्ष सजाय माग गरी उनीहरुमाथि मुद्दा दायर गरिएको विभागले जनाएको छ।सागर एण्ड साधना बिजनेस प्रा. लि.का लीलाबहादुर र गंगाबहादुर घिमिरे तथा भन्सार...

निन्द्रा गडबड हुने समस्या,यसको समाधान कसरी हुन्छ ?

निद्रा नलाग्नुका थुप्रै कारण भए पनि यो आफैंमा एउटा रोग पनि हो, जसलाई इन्सोमेनिया भनिन्छ।निद्रा हाम्रा लागि अपरिहार्य भए पनि कहिलेकाहीँ हामी निदाउन सक्देनौं। अहिले मान्छेहरुमा निद्रा नलाग्ने समस्या निकै बढेको छ। कोहीलाई भने निद्रा नलाग्ने मात्रै पनि हुनसक्छ।इन्सोमेनिया बाहेक निद्रा कुनै रोगको लक्षणको रुपमा पनि आउँछ। यस्ता व्यक्तिलाई एन्जाइटी डिप्रेसनको समस्या हुँदैन। उसलाई खान पनि मन लाग्दैन भने सानो...

देउवा र प्रचण्डबीच एक घन्टा भेट [ यस्तो मुद्दाबारे छलफल ]

अध्यक्ष दाहाल र सभापति देउवाबीच ललितपुरको होटल समिटमा बिहीबार द्वन्द्वकालीन मुद्दा कसरी छिटो टुंग्याउन सकिन्छ भन्नेबारे एक घन्टा छलफल भएको थियो। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर द्वन्द्वकालीन मुद्दा छिटो टुंग्याउन सहयोग मागेका छन्। छलफलमा सहभागी कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकका अनुसार प्रचण्डले देउवासँग द्वन्द्वकालीन मुद्दा छिटो...

नाकामै बिग्रियो ३ करोड बराबरको फलफूल…

बिनातयारी फलफूल तथा तरकारीको मालवाहक ट्रक रोकियो,’ संघका कोषाध्यक्ष काशीराम सापकोटाले भने, ‘जानकारी नै नगराई लागू गर्दा नेपाली व्यवसायीको करोडौंको नोक्सान भएको छ । नेपाल फलफूल थोक व्यवसायी संघका अनुसार अन्य फलफूल पनि बिग्रिन थालेपछि सस्तो मूल्यमा नजिकैको भारतीय बजारमा बिक्री सुरु गरिएको छ । ‘विषादी परीक्षण स्वागतयोग्य नै थियो । प्रत्येक नाकामा क्वारेन्टाइन मेसिन राखेको भए हुन्थ्यो ।’ भारतमा अत्यधिक गर्मी छ । विषादी...

विधेयक निर्माण प्रक्रियामै त्रुटि !!

काठमाडौँ — सरकारले विधेयक निर्माण प्रक्रियामा सरोकारवाला संघसंस्था र व्यक्तिलाई उपेक्षा गर्दै ‘गोप्यता’ लाई बढी प्राथमिकता दिन थालेको छ । गोप्य रुपले बनाइएका विधेयक विवादमा पर्ने क्रम बढेको छ । सार्वजनिक अन्तर्क्रिया हुनै छाडेको छ । कुन विधेयकमा काम हुँदै छ, कुन अवस्थामा पुगेको छ जस्ता सामान्य जानकारी दिन पनि मन्त्रालयका अधिकारी पन्छिन्छन् । मस्यौदा निर्माण क्रममा मन्त्रालयहरूले सार्वजनिक चासोको विषय मानिने विधेयक निर्माण...

Korean Language Results Published !!!

Kathmandu, April 13 The results of Korea's language examination for publication have been public. EPS Korea has made public returns. 12,15 candidates have passed the examination for 2020 candidates. This is 2,000 more than the quota determined by Korea to be employed. There are passengers who have examination of 37 candidates for examination, and 38 are examining textbooks for production sector....

SEE Result 2075/76 Is Published [ Click To Watch ]

Kathmandu: The National Examination Board (SEO) has announced that the result of SEE (Secondary Education Exam) operating last year will be publicly published after some time. The national examination board has started at the meeting of SEE conducted by the last 10 years of the past year. The meeting that started from 2 p.m. will be decided to publish...

Today SEE Result 2075/76 Is Publishing, How to check to SEE result by SMS and Call?

Today NEB is publishing SEE result 2075/76 till 5 pm. so, all of the students are requested to know their result by following ways. Best of Luck to all SEE Students .The websites and other process are given bellow; How to check to SEE result by SMS and Call? image source: sparrow sms   You can use a number of SMS service providers...

Journalist Federation Welcomes to ‘Clinie Feed’

KATHMANDU - Nepali Journalist Federation has thanked Nepal government for arranging 'Clean Food' in the advertisement bill in question of federal parliament. The Federation has thanked the government for demonstrating the solidarity of implementing the Clinic Feed Ad in the advertisement bill. The media has requested the government to bring media press bill and information technology bill to bring press...

Today’s Horoscope 2076 Ashad 11 Wednesday

Aries Aries (Che, Che, Chau, La, Li, Lu, Le, Lo, A) The goods are likely to be lost or stolen. If you promise the believer, you should adopt the restraint. Take care of your health consciousness. Gemini Gemini (Ka, ku, k, d, h, ka, kha, ha) different tasks will be completed in their own skills. Good success in the financial sector. The...